कस्मिर– भारत–पाकिस्तान सीमा जोडिएको कस्मिरमा केही दिनयता तनाब बढ्दै गएपछि भारत प्रशासनले इन्टरनेट सेवा बन्द गरेको छ। राज्य सरकारले बुधबारदेखि कर्फ्यु लगाइरहेको छ भने पृथकतावादी समूहले बन्दको घोषणा गरेका छन्।
कस्मिरको हन्दवाडामा दुई युवा सहित ३ जनाको मृत्यु भएको विषयलाई लिएर कस्मिरमा तनाब बढेको हो। श्रीनगरबाट ४५ किलोमिटर टाढा हन्दवाडामा गोली हानाहानमा सो घटना भएको थियो। भारतीय सेनाका जवानले स्थानीय युवती जिस्काएको विषयलाई लिएर दुई पक्षबीच हिंसा भड्किएको हो।
स्थानीयले सेनाको बंकरमा ढुंगा हानेपछि सेनाले जवाफमा गोली चलाउँदा तीनको मृत्यु भएको थियो।



0 comments
प्रतिक्रिया दिनुहोस्...