-->
१८ किलो सुनसहित तीन जना पक्राउ
Advertisement

सिन्धुपाल्चाेक- सिन्धुपाल्चोकको बाह्रबिसेमा शुक्रबार अपरान्ह १८ किलो सुनसहित तीन जना पक्राउ परेका छन्। तातोपानीबाट काठमाडौं आउँदै गरेको बा९च १४६३ नम्बरको गाडीमा सुन भेटिएको सिन्धुपाल्चोकका एसपी रविन्द्र केसीले जानकारी दिए। उनका अनुसार गाडीको डिकीमा सुन लुकाइएको थियो।
पक्राउ पर्नेमा मेलम्ची–५ की बिमला थापा, तातोपानी–३ का स्याङ्बो शेर्पा र मिङ्मार शेर्पा छन्। उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तातोपानी सुन तस्करी भइरहने नाका हो। गत वषै वैशाख १२ को भूकम्पपछि भने सुन तस्करी शिथिल भएको अनुमान गरिएको थियो।



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.