-->
टेस्ट ट्युब बेबी सेवा ठप्प
Advertisement

भूकम्पका कारण बन्द भएको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतलको टेष्ट ट्युब बेबी सेवा वर्ष दिनसम्म पनि सञ्चालनमा आउन नसक्दा सेवाग्राही प्रभावित भएका छन् ।सरकारी स्तरमा पहिलो पटक सुरु गरिएको अस्पपतालको आईभीएफ सेवा भनव अभाबले सञ्चालन गर्न नसक्दा आर्थिक अवस्था कमजोर भएका सयौं महिला चिन्तित भएको  छ ।

भूकम्पबाट दुई सय ६३ शय्या क्षमताको निशान्त भवनमा क्षति पुग्दा अन्य सेवासँगै उक्त सेवा पनि बन्द भएको थियो । अन्य स्वास्थ्य सेवालाई निरन्तरता दिएर दिइए पनि बाँझोपन भोगिरहेका दम्पतीका लागि महत्वपूर्ण मानिएको आईभइएफ सेवा सञ्चालकमा प्रशासनले चासो नदिएको अस्पतालका कर्मचारी बताउँछन् ।
निजी अस्पतालमा ६ लाख रुपैयाँसम्म तिर्नुपर्ने आईभीएफ सेवाका लागि उक्त अस्पतालमा एक लाख ६० हजार रुपैयाँ तोकिएको थियो । बाहिर सेवा निकै महँगो भएका कारण कुरिरहेका सेवाग्राही ६ महिनादेखि अस्पताल धाइरहेका छन् ।
अस्पतालका निर्देशक डा। जागेश्वर गौतमले आईभीएफ सेवा छिट्टै सञ्चालन गर्न भवनको व्यवस्था गरिएको तथा सेवामा खटिने चिकित्सक तथा नर्सलाई तालिम लिन भारत पठाइएको बताए ।- अन्नपूर्ण


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.