२४ चैत, वीरगन्ज । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चाले वैशाखदेखि गर्ने भनिएको आन्दोलन अब नाका केन्द्रित नभई सिंहदरबार केन्द्रित हुने बताएका छन् ।
“हामीले वार्ता र संवादबाट समस्याको निकास खोज्न चाहेका छौँ, तर सरकार गैरजिम्मेवार छ, जनताले अप्ठ्यारो भोगेको आन्दोलनको सम्बोधन गर्नुपर्छ भन्नेभन्दा पनि बल प्रयोग गरेर आन्दोलन तुहाउने षड्यन्त्रमा लागेको छ”– पत्रकार भेटघाट कार्यक्रममा महतोले भने ।
सर्वसाधारणलाई अप्ठ्यारो नपर्ने तर सरकारलाई बढी असर पर्ने सिंहदरबार केन्द्रित आन्दोलनको तयारीमा जुटेका उनले बताए ।
मधेस आन्दोलन तुहिएको वा सकिएको नभई त्यसको स्वरुप मात्र फेरिएको र वैशाखदेखि त्यसलाई नयाँ स्वरुप दिइने उनको भनाइ थियो । रासस



0 comments
प्रतिक्रिया दिनुहोस्...