-->
डुङ्गामा कार राखेर कुदाउदा दुर्घटना : सातको मृत्यु
Advertisement

न्होमपेन्ह । एक कार चालकले आफ्नो कारलाई डुङ्गामा राखेर तार्न खोज्दा भएको दुर्घटनामा परी सात यात्रुको मृत्यु भएको समाचार छ ।
डुङ्गामा कार राख्दा सो डुङ्गा नदीमा खसेको र त्यसमा रहेका सात व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
न्हेमपेन्हनजिकै भएको यस घटनामा १० जना यात्रु रहेको एक कारलाई डुङ्गामा राखेर नदीबाट पार गराउन खोज्दा यो दुर्घटना हुन पुगेको हो । कन्डाल प्रान्तका गभर्नर माओ फिरनले बताउनु भएको छ ।

कार चालक एक प्राविधिक व्यक्ति मात्र भएको र उसँग चालक लाइसेन्ससमेत नभएको गभर्नरले बताउनु भएको छ । प्रहरीका अनुसार यस दुर्घटनामा मारिएका सात जनामा पाँच बालबालिका रहेका छन् । ती बालबालिका ४ देखि १३ बर्षसम्मको उमेरका रहेका बताइएको छ । रासस

purbelinews


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.