आधारशिविर – यस बर्षको लागि सगरमाथा आरोहणको औपचारिक शुरुवात भएको छ । संकेत स्वरुप आरोहण दलका सदस्यहरुले सगरमाथा आधार शिविरमा लामा गुरुमार्फत पूजा गरेको हो ।
बौद्ध धर्म विधि अनुसार शुभकार्यको शूरुवात गर्दा लामाद्धारा पूजा गर्ने चलन छ । टोलीले लामा मार्फत मन्त्र पाठ गरी आरोहण सफलताको कामना गर्दै पूजा आयोजना गरिएको आरोहण टोलीका लाक्पा नुर्वु शेर्पाले जनाए ।
दुई बर्ष लगातार आरोहण विभिन्न कारणले स्थगित भएपनि शिखर चुम्नेको लर्कोमा कमी आएको छैन । आरोहण दलका सदस्यहरुले यसबर्ष भने आरोहण सफल होस् भन्दै कामना गरेका छन् ।
आरोहण सफल हुनेमा उनीहरु विश्वास्त देखिन्छ । सगरमाथा आरोहण गर्ने टोलीको एकिन विवरण भने प्राप्त भइसकेको छैन ।- Rato Pati

0 comments
प्रतिक्रिया दिनुहोस्...