भक्तपुर, २३ चैत । गत फागुन १२ गते मध्याह्नमा आफ्नै कोठामा भाइबाट बलात्कारको शिकार भएकी २२ वर्षीया एक युवती यतिखेर बेसहारा बनेकी छिन् । आफ्नै परिवार र आफन्तजनले घरबाट निकालेपछि मध्यपुरथिमिकी उनी फागुन १३ गतेदेखि नितान्त एक्ली भएकी छिन् ।
अझै पनि बलात्कारका कैयौँ घटना गुपचुप नै राखेर भित्रभित्रै मिलाउने र इज्जत जान्छ भनेर लुकाउने प्रवृत्ति हाबी भएको नेपालीे समाजमा बलात्कार गर्ने भाइलाई सजाय दिलाउँदा उनले स्याबासी पाउनुको बदला बेसहारा भएर भौँतारिनुपरेको छ ।
घर र समाजले मात्रै उनलाई निकालेको होइन, तीनवर्षदेखि आफू काम गर्दै आएको काठमाडौँ रत्नपार्कस्थित फन पार्कको मालिकले समेत जागिरबाट विदा दिए । उनी बेरोजगार बन्न पुगिन् ।
सँगै जिउने कसम खाएर बिहे गर्ने वाचा गरेका प्रेमी सर्लाही जिल्लाका हुन् । काठमाडौँ पढ्दै आएका त्यस युवकले समेत भाइले बलात्कार गरेको कारण देखाउँदै छाडिदिएपछि उनी यो समाजमा अब आफ्नो भन्ने कोही नभएको बताउँछिन् । आँखाबाट आँसु झार्दै उनले भनिन्, ‘घरमा दिउँसै भाइले बलात्कार गर्यो । आफ्नै घरमा म असुरक्षित भएँ । भाइविरुद्ध उजुरी दिएको भन्दै परिवार र आफन्तले निकालिदिए । न जाने ठाउँ छ न बस्ने ठाउँ ।’
मनको पीडालाई रोक्न नसकी निकैबेर रोएपछि उनले भनिन्। ‘घटना थाहा पाएपछि फनपार्क सञ्चालकले नोकरीबाट निकालिदियो । बिहे गरेर जीवनभर सँगै बाँच्ने कसम खाएको प्रेमीले छाडिदियो । अब म कहाँ जाउँ, के गरौँ ?’ बयान लिनका लागि काम गर्ने ठाउँ फनपार्कमै प्रहरी भ्यान पुगेपछि घटनाबारे थाहा पाएका फनपार्क सञ्चालक र साथीहरुले आफूलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गरेको बताउँदै उनी भन्छिन्, ‘अपराध मैले नै गरेको हुँ, मै अपराधी हुँ, म खराब आचरण भएको केटी



0 comments
प्रतिक्रिया दिनुहोस्...