-->
खुमबहादुरले दिल्ली हल्लाए, हिन्दू राष्ट्रका लागि देउवापछि पूर्वराजालाई डाके
Advertisement

काठमाडौं, १७ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह अचानक भारत गएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फर्किएको एक दिन नवित्दै विहीबार अपराह्न ४ बजे इन्डियन एयरलाइन्सको उडानबाट निजी सचिव सागर तिमिल्सिनाका पूर्वराजा शाह भारतको नयाँ दिल्ली गएका हुन् ।
स्रोतका अनुसार पूर्वराजाले सशस्त्रका निजी अंगरक्षक डीएसपी गगन श्रेष्ठ र शाही अर्दली हस्तबहादुर थापालाई पनि सँगै लगेका छन् । भारतमा रहँदा शाहले दिल्लीमा उच्च राजनीतिक भेटघाट गर्ने तय भएको स्रोत बताउँछ ।
अचानक किन गए भारत ?
हिन्दू राष्ट्र र राजतन्त्र पुनर्स्थापनाका लागि पछिल्लो समय राजनीतिक शक्तिदेखि पूर्वराजा स्वयं सक्रिय छन् । यसैक्रममा उनी दिल्ली गएको स्रोतले बतायो । यसअघि गएको पुसमा थाइल्याण्ड भ्रमणमा भारतका उच्च राजनीतिज्ञहरुसँग थाइल्याण्डमै भेटघाट गरेका पूर्वराजा अचानक भारत भ्रमणमा जानुलाई महत्वका साथ हेरिएको छ ।
दिल्लीमा खुमबहादुर
यसैबीच हिन्दू राष्ट्रको एजेण्डा बोकेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्का अहिले दिल्लीमै छन् । उनी देउवा जानु अघि नै दिल्ली पुगिसकेका थिए ।
स्रोतका अनुसार खड्काले दिल्लीबाटै हिन्दूराष्ट्र पुनर्स्थापनाका लागि योजना बनाइरहेका छन् । दिल्लीमा उनले सबैजसो नेतालाई आफ्नो पक्षमा पारेका छन् । पहिला नेपाललाई हिन्दू राष्ट्र बनाउने र पछि त्यही आधार टेकेर संवैधानिक राजतन्त्र फर्काउने गृहकार्य दिल्लीमा भइरहेको र त्यसैका लागि खड्काले पूर्वराजालाई दिल्ली डाकेको अनुमान गरिएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.