देशी विदेशी सबै मदिरा प्रतिबन्धित
एजेन्सी: भारतको बिहार राज्यस्थित नितीशकुमार सरकारले मंगलवारबाट राज्यमा पूर्णरुपमा मदिरामाथि प्रतिबन्ध लगाएको छ ।
नितीश मन्त्रिपरिषद्को बैठकले सर्वसम्मतिमा यो प्रस्ताव पारित गरेको हो । नितीशकुमार सरकारको यो निर्णयपछि बिहारमा अब मदिरा बेच्न, राख्न र पिउन पुरै प्रतिबन्ध लागेको छ ।
राज्य सरकारको यस फैसलापछि अब बिहार एक 'ड्राई स्टेट' हुनेछ । गुजरात, नगाल्यान्ड र मिजोरमपछि बिहार मदिरामा प्रतिबन्ध लगाउने भारतको चौथो राज्य भएको छ ।
नितीश सरकारको यो निर्णयपछि अब बिहारमा देशी-विदेशी हरेक किसिमका मदिरामाथि पूरै प्रतिबन्ध लागेको छ ।
नितीश कुमारले नरेन्द्र मोदीको भाजपा गठबन्धनलाई घुँडा टेकाएको चुनावअघि जारी गरेको घोषणा पत्रमा मदिरामाथि प्रतिबन्ध लगाउने कुरा उल्लेख गरिएको छ ।
नितीशले चुनाव जितेपछि मदिरामाथि प्रतिबन्ध लगाउनका लागि कडा रबैया अपनाउँदै आएका थिए ।



0 comments
प्रतिक्रिया दिनुहोस्...