-->
क्रान्तिका निम्ति माओवादी एकता आवश्यकः गजुरेल
Advertisement

काठमाडौँः नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले क्रान्तिका निम्ति माओवादी शक्तिबीच एकता आवश्यक भएको बताएका छन् ।

सिन्धुली–काठमाडौँ सम्पर्क मञ्चको तेस्रो सम्मेलनमा बोल्दै गजुरेलले क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकमा क्रान्तिका लागि एकता आवश्यक भएको आवाज उठेको समेत बताए । ‘केन्द्रीय समितिमा क्रान्तिका निम्ति एकता हुनुपर्ने आवाज उठेको छ,’ गजुरेलले भने ।

गजुरेलले एकीकृत माओवादी तथा अन्य क्रान्तिकारी कम्युनिस्टसँग एकताको प्रयत्न समेत भइरहेको जानकारी दिए । ‘पछिल्ला दिनमा हामी कम्युनिस्ट पार्टीबीच एकतको प्रयत्नमा सक्रिय छौँ,’ उनले भने ।

त्यस्तै, उपाध्यक्ष गजुरेलले सिन्धुली जिल्लामा अवस्थित ऐतिहासिक सिन्धुलीगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नसकेमा त्यहाँ राम्रो पर्यटन प्रवद्र्धन हुने पर्ने बताए ।

सम्मेलनमा बोल्दै माओवादी नेता दिनेश शर्माले समाजमा वर्गीय अन्तर रहँदासम्म नेपाली जनताले समानता र सामाजिक न्याय प्राप्त गर्न नसक्ने बताए । शर्माले समानता र सामाजिक न्याय प्राप्त गर्न मानिसमा क्रान्तिकारी भावनाको विकास गराउने बताए ।

मञ्चका अध्यक्ष विजय पुलामीले राष्ट्रिय अखण्डता र स्वाधीनताका लागि सबै क्रान्तिकारी एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । रासस


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.