-->
नेपाल टेलिकमले असार देखि फोर जी सेवा प्रदान गर्ने
Advertisement

34२५ चैत, काठमाडौं ।नेपाल टेलिकमले आफ्ना उपभोक्ताहरुलाई अर्को खुसीको खवर दिएको छ । खासगरी नेपाल टेलिकमको मोबाइल इन्टरनेट सेवा लिनेका लागि अव सहज हुने छ । किन भने मोबाइलमा बहुप्रतिक्षित फोर जी प्रविधि असारदेखि नेपालमा सञ्चालनमा आउने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले ‘टेक्नोलोजी न्युट्रल’ गरेर फोर जी प्रविधि सञ्चालन गर्न दिन लागेको हो।

१८ सय मेगाहर्ज फ्रिक्वेन्सीमा प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरुलाई फोर जीको सञ्चालन गर्न दिने भएको हो। यो फ्रिक्वेन्सी संसारका विकसित धेरै मुलुकमा प्रयोग भइसकेको नेटवर्क टेक्नोलोजी हो। सन् २०११ बाट विश्वका विभिन्न मुलुकले फोर जी प्रविधि प्रयोग गरिसकेका छन्।

विश्वमा फोर जी एलटिई मा आधारित सबैभन्दा छिटो इन्टरनेट हङकङमा चल्छ। त्यहाँ प्रतिसेकेन्ड ५४.१ मेगाबाइटको स्पीडमा चल्छ भने स्पेनमा सबैभन्दा छिटो डेटा डाउनलोड हुन्छ। त्यहाँ १८.२४ एमविपिएस प्रतिसेकेन्डको गतिमा डाउनलोड हुन्छ।

नेपालमा सामान्यतया नौसय मेगाहर्जमा थ्रीजी वा थर्ड जेनेरेसनको टेक्नोलोजी र १८ सय मेगाहर्जको फ्रिक्वेन्सीमा टुजी अथवा सेकेन्ड जेनेरेसनको टेक्नोलोजीमा प्रयोग भइरहेको छ जुन हामीले हाल चलाइरहेको मोवाइलको नेटवर्कमा प्रयोग भएको छ।

के हो फोर जी सेवा ?

फोर जी अर्थात फोर्थ जेनेरेसन। फोर जी थ्री जीको विकसित रुपको नेटवर्क अन्तर्गतको मोबाइल टेलिकम्युनिकेसन प्रविधि हो। फोर जी प्रणालीले इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु) ले व्याख्या गरेअनुसारको सुविधा प्रदान गर्छ। यस सेवामा मोबाइल वेब एक्सेस, आइपि टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पनि पर्दछन्।

के हो टेक्नोलोजी न्युट्रल?

टेक्नोलोजी न्युट्रल भनेको कुनै पनि सेवाग्राहफले आफूले चाहेको अनुसार नेटवर्क अपरेटर र फ्रिक्वेन्सी चेन्ज गरेर सेवा प्राप्त गर्न सक्ने प्रविधि हो। जस्तो कि तपाईँले टुजी सेवा लिइरहनु भएको छ भने तपाइले त्यही सेवा र अपरेटरमा चाहेअनुसार थ्रिजी वा फोर जी सेवा चलाउन सक्नुहुन्छ।

केही दिन अघि मात्र नेपाल टेलिकमको पोष्टपेड सिमबाट अव विदेश गएर समेत रोमिङ फ्री कल गर्न पाइने सुविधा घोषणा गरिएको थियो । नेपाल टेलिकमले NTPro
एकाउन्ट र इन्टरनेट सुविधाबाट विदेशबाट समेत रोमिङ फ्रि कल गर्न सकिने जानकारी दिएको छ ।
“NTPro प्रयोग गरी नेपाल वा विदेशबाट समेत GSM नेटवर्क बाहिर भएको तर कुनै भित्र रहेको अवस्थामा आफ्नै पोस्टपेड मोबाइलमार्फत विश्वभर कल गर्न वा कल प्राप्त गर्न सकिन्छ”
\एनटिसीले दिएको जानकारीमा उल्लेख छ ।nepaliheadlines.


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.