भीमदत्तनगर, २९ चैत । मजदुरी गरेर भारतबाट घर फर्किने क्रममा आठ दिनदेखि बेपत्ता भएका दुई नेपाली मजदुर भारतको हल्द्धानीस्थित अस्पतालमा भेटिएका छन् ।
बर्दियाको सानोश्रीताराताल नगरपालिका–५ का ३९ वर्षीय छविलाल बोहरा र सोही ठाउँका ४३ वर्षीय इन्द्रप्रसाद ज्ञवाली भारतको नैनीतालस्थित भोजियाघाटबाट फर्किने क्रममा बेपत्ता भएका थिए ।
“भारतको हल्द्धानीस्थित बसपार्कमा सीमावर्ती भारतीय सहर बनबासा आउने बसको पर्खाईमा बसेका रहेछन्”, उनीहरुको खोजीमा हिँडेका इन्द्रबहादुर शाहीले रासससित भन्नुभयो–“बसपार्कबाटै विषादी खुवाएर लुटिएछ ।” उहाँले बेपत्ता छविलाल बोहराका दाइले उनीहरुलाई सोमबार बिहान हल्द्धानीस्थित अस्पतालमा भेटेको बताउनुभयो । शाहीका अनुसार दुवै जनाबाट भारतीय लुटेराले ७० हजार भारतीय रुपैयाँ लुटेका थिए ।
“नयाँ वर्ष मनाउन घर आउँदै गर्दा यस्तो अवस्थामा भेटिए”, शाहीले भन्नुभयो–“मजदुरी गरेर कमाएको पैसा पनि लुटियो ।” साता दिनभन्दा बढी समय बितिसक्दा पनि कार्यक्षेत्रबाट घर नपुगेपछि पीडितका परिवारले गड्डाचौकीस्थित प्रहरी चौकीमा खबर गरेका थिए । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक उमेश पालले बेपत्ता नागरिक भेटिएको बारे आफन्तबाट जानकारी आएको बताउनुभयो ।
त्यसैगरी सोमबार बिहान भारतबाट मजदुरी गरेर घर फर्किने क्रममा सीमावर्ती बनबासा क्षेत्रमा दुई नेपाली नागरिक पनि लुटिएका छन् । भारतमा रोजगारी गरे नयाँ वर्ष मनाउन घर फर्किरहेका कैलालीको चुहा नगरपालिका–११ का रुद्र खत्री र खर्कबहादुर विष्ट बनबासा पुल आउनुअघि नै लुटिएका हुन् । उनीहरुले आफूहरु भारतीय सुरक्षाकर्मी र भन्सारका कर्मचारीबाट लुटिएको बताएका छन् । रासस
dainiknepal

0 comments
प्रतिक्रिया दिनुहोस्...