-->
नेपाल एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगियो
Advertisement

जुम्ला–नेपाल एयरलाइन्सको ९ एनएवियु नम्बर कलसाइन भएको जहाज जुम्ला विमानस्थलमा दुर्घटनाबाट जोगिएको छ। १६ यात्रु बोकेर नेपालगञ्ज उड्ने क्रममा नोज ल्याण्डिङ गेयरको स्टेयरिंग तार चुडिएपछि उड्नै लागेको जहाज चालक दलले अचानक रोकेर संभावित दुर्घटनाबाट जोगाएका हुन्।


धावनमार्गमा ५ सय ४० मिटर गुडेर टेकअफ लिने तयारी गर्दा चालक दलले अचानक इन्जिन बन्द गरी जहाज रोकेका थिए। जहाजमा रहेका सबै सकुशल छन्। विमानस्थल प्रमुख पवन श्रेष्ठले साढे १ बजे जहाज बिग्रिएको जानकारी दिए। उनले भने,'जहाज उड्नको लागि ५ सय ४० मिटर गुडेपछि समस्या आएको थियो। पछि जहाजलाई विमानस्थलका जनपद, शसस्त्र प्रहरी र जहाजका कर्मचारीहरुले धकेलेर साइड लगाए।'

जहाजमा १६ जना यात्रु सवार थिए। चालक जेके निरौलाको चालक दलले जहाज उडाएको थियो। अहिले जहाज विमानस्थलको छेउमा थन्काइएको छ। मंगलबार विहान तारा एअरको जहाजमा ड्रावोमाइक नामक सामाग्री र इन्जिनियर आएपछि बनाएर उडाउने तयारी भइरहेको जुम्ला विमानस्थलले जानकारी दिएको छ।
चालक दलको सचेतताका कारण दुर्घटना हुनबाट जोगिएको यात्रुहरुले बताएका छन्। उनीहरुले समयमै जहाज बिग्रेको जानकारी दिएर सुरक्षित बनाएकोमा धन्यावाद दिएका छन्। सो जहाज गतवर्षपनि जुम्ला मै सामान्य दुर्घटनामा परेको थियो।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.