-->
कतारमा १२ सय भनेर आएको १६ सय रियाल दिन्छ
Advertisement

आफूसँगैका साथीहरु कमाउन बाटो लागे पछि मेरो पनि गाउँमा मन अडिएन । तर म अरु जस्तो हचुवाको भरमा बाटो लागिन । खोटाङमा जनसेवा समाजले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना (सामी) को सूचना केन्द्रमा पुगेर वैदेशिक रोजगारिका बारेमा जानकारी लिएँ ।

तालिम लिएर जाँदा राम्रो काम र कमाई हुन्छ भने पछि मैले स्काफोल्डिङको तालिम सामीकै सहयोगमा लिएँ । एक वर्ष अघि स्काफोल्डिङको तालिम लिएर म कतार आएको थिएँ । इष्ट वेष्ट म्यानपावर कम्पनीमा ७५ हजार रुपैयाँ बुझाएर आएको थिएँ । मेरो कमाई मासिक ४२ हजार रुपैयाँ हुन्छ ।

काम पनि भनेकै पाएको छु । मासिक १२ सय रियालमा आएपनि मेरो कमाई अहिले १६ सय रियाल छ । त्यसो त यहि कम्पनीमा अरु पनि नेपाली साथीहरु छन् । उनीहरुको कमाई एक हजार रियाल मात्रै छ । कामको पनि टुंगो छैन् । मैले चाहिँ पहिले नै तालिम लिएर आएको हुनाले काम गर्न पनि सहज छ । आएको तीन महिनामै ऋण तिरिसकेँ ।

अहिले केहि पैसा बचत गर्दैछु । नेपाल फर्किएपछि कुनै व्यवसाय गर्ने सोच बनाएको छु । तपाईं पनि विदेश आउँदै हुनुहुन्छ भने सिप सिकेर मात्रै आउनु होला । काम गर्न सजिलो हुन्छ ।
बुइपा १ खोटाङ, हाल कतार ।
उज्यालो अनलाइन बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.