-->
कांग्रेस संसदीय दलको नेतामा देउवा
Advertisement

काठमाडौंः नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका हुन् ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको मतदानपछि तत्कालै घोषित मतपरिणाम अनुसार देउवाले १३९ मत ल्याएका हुन् ।
देउवाले निकटतम प्रतिद्वन्द्वी रामचन्द्र पौडेललाई ७२ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । पौडेलले केबल ६७ मतमात्र ल्याउन सके ।
यसअघि भएको कांग्रेसको १३ औं महाधिवेशनमा पनि सभापतिको चुनावमा पौडेल देउवासँगै पराजित भएका थिए ।
संसदीय दलको चुनावको अघिल्लो दिन मंगलबार पौडेलपक्षका करिब तीन दर्जन सांसदहरुले साथ दिएपछि देउवाले फराकिलो जित निकालेका हुन् ।
- अन्नपूर्ण पोस्ट्


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.