-->
भ्यानुआटुमा फेरि गयो ६.९ रिक्टर स्केलको शक्तिशाली भूकम्प
Advertisement

सिड्नी, २४ चैत । भ्यानुआटु द्वीपमा बुधबार ६.९ रिक्टर स्केलको भूकम्प गएको छ । भानुआटुको यसै हप्ता गएको यो दोस्रो शक्तिशाली भूकम्प हो ।
गत आइतबार पनि त्यहाँ ७.२ रिक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन ।
यस भूकम्पको केन्द्रविन्दु राजधानी भिलाबाट करिब ४४२ किलोमिटर उत्तर उत्तरपश्चिम क्षेत्रमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । यस भूकम्पको विषयमा विस्तृत विवरण भने प्राप्त भएको छैन् ।
यस भूकम्पबाट हालसम्म मानवीय एवम् भौतिक सम्पत्तिको क्षतिको भने कुनै पनि विवरण प्राप्त नभएको जनाइएको छ ।भानुआटुमा बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको पाइन्छ । - दैनिक नेपाल डट कम


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.