-->
आइएससँग लड्न भारतले माग्यो चीनसँग मद्दत
Advertisement

18

३ बैशाख, एजेन्सी ।भारतले चीनसँग इस्लामिक स्टेट लडाकु संगठनसँग लड्नका लागि सहयोग मागेको छ । जैश-ए-मोहम्मदका प्रमुख मौलाना मसूद अजहरको मुद्धामा चीनले यस अघि संयुक्त राष्ट्रसंघमा विरोध गरेको थियो ।

उक्त मुद्धामा भारत र चीनबीच असमझदारी पैदा भएको थियो । चीनले भिटो लगाएपछि भारतले यस विषयमा राष्ट्रसंघमा आपत्ति समेत जनाएको छ ।

तर भारतले अव आएर चीनसँग इस्लामिक स्टेटसँग लड्नका लागि छिमेकी देशको मद्दत मागेको हो । इस्लामिक स्टेटका सदस्यको जाँच बुझका लागि भारतले चीनसँग सहयोग मागेको हो ।

भारतले राष्ट्रिय जाँच एजेन्सी (NIA) ले केही दिन अघि पत्र लेखेर सन् २०१४ मा इस्लामिक स्टेटमा भर्ति भएका अरीब मजीदको जाँच गर्नका लागि चीनको सहयोग मागेको हो ।

चीनसँग भारतले मजीद र उसका सिरिया तथा इराकमा रहका साथीहरुसँग भएको च्याटबारे जानकारी मागेको छ । चीनको च्याटिङ साइट वि च्याटबाट मजिदले च्याट गरेका कारण भारतले चीनसँग सहयोग मागेको हो ।

मजिद भारतमा पक्राउ परेका इस्लामिक स्टेटका एक मात्र सदस्य हुन् । उनी सिरियामा आतंकबादी संगठनको तर्फबाट लडेको बताइएको छ ।nepaliheadlines


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.