-->
कस्तो रह्यो २०७२ साल, के-के महत्वपूर्ण घटना घटे नेपालमा?
Advertisement

काठमाडौँ  भूकम्प, संविधान, नाकाबन्दीलगायतका महत्वपूर्ण घटनाले २०७२ साल मुलुकका लागि इतिहासमै सबैभन्दा बढी उथलपुथल भएको वर्ष बन्यो ।

विसं २०७२ सुरुवातसँगै वैशाख २ गते पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा निधन भयो ।

भुकम्पको महाविपत्ति
यस वर्षको सुरु मै वैशाख १२ गते मध्याह्न करिब ११ बजेर ५६ मिनेट जाँदा गएको ७.८ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय र भौतिक क्षति पु¥यायो । भूकम्पबाट आठ हजार ८५६ जनाको ज्यान गयो भने २२ हजारभन्दा बढी घाइते भएका थिए । विपद्पछिको आवश्यकता मूल्याङ्कन प्रतिवेदनका अनुसार भूकम्पबाट ६.७ खर्ब रूपैयाँ बराबरको भौतिक क्षति भयो ।

गत वैशाख १२ गते नेपालमा भूकम्प गएको बेला इन्डोनेसियाको भ्रमणमा रहनुभएका तत्कालीन प्रधानमन्त्री सुशील कोइराला आफ्नो भ्रमण छोट्याएर वैशाख १३ गते नै स्वदेश फर्किएको थियो ।

त्यसैगरी, असार १० गते भूकम्पपछिको पुनःस्थापना, पुनःनिर्माण र नवनिर्माणका निम्ति अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले काठमाडौँमा आयोजित ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ उत्साहजनक ढङ्गले सम्पन्न भयो । सम्मेलनमा दर्जनौँ विदेशी राष्ट्र र दातृ निकायले करिब साढे चार खर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका थिए ।

Neaplearthquake

नयाँ संविधान जारी
संविधानसभाबाट बन्ने नयाँ संविधानमा सङ्घीयता, राजनीतिक प्रणाली, न्याय र निर्वाचन प्रणालीबारे फरक फरक दिशामा उभिएका र चट्टानी अडानमा रहेका ठूला राजनीतिक दलहरु भूकम्पपछि एक ठाउँमा आइपुगे । फलतः संविधानसभाबाट नयाँ संविधान जारी हुन सक्यो ।

भदौ ३० गते संविधानसभाबाट दुई तिहाइभन्दा बढी बहुमतले पारित नेपालको संविधान असोज ३ गते मुलुकको पहिलो राष्ट्रपति डा रामवरण यादवद्वारा लागू भएको घोषणा भयो । झन्डै ८२ वर्षपछि आएको ठूलो भूकम्पले मुलुकको इतिहासमै संविधानसभाबाट संविधान बन्ने वातावरण निर्माण ग¥यो भने त्यही संविधान जारी भएबापत नेपाली जनताले झन्डै पाँच महिना आर्थिक नाकाबन्दी व्यहोर्नु प¥यो । संविधानका केही विषयमा असन्तुष्टि जनाउँदै संयुक्त मधेसी मोर्चाले तराई मधेस ठप्प पा¥यो भने भारतले दक्षिणी सिमानामा नाकाबन्दी ग¥यो । मुलुकमा इन्धनलगायत अत्यावश्यक वस्तुको हाहाकार भयो ।

नेपालको संविधान जारी भएलगत्तै मुलुकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) लगायत दलको संयुक्त सरकार बन्यो । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस प्रमुख प्रतिपक्षमा बस्यो ।

g]kfnsf] ;+ljwfg @)&@ hf/L ub}{ g]kfnsf /fi6«klt 8f= /fdj/0f ofbj ;fydf cWoIf ;'jf; rGb| g]Djfª . tl:a/ M k|bLk/fh jGt,/f;;

पहिलो महिला राष्ट्रपति तथा सभामुख
नयाँ संविधानअनुसार भएको राष्ट्रपतिको निर्वाचनबाट मुलुकले पहिलो महिला राष्ट्रपति र पहिलो महिला सभामुखसमेत पायो । राष्ट्रपतिमा विद्यादेवी भण्डारी र सभामुखमा ओनसरी घर्ती निर्वाचित भए । यस वर्षको अन्तिममा प्रधानन्यायाधीश कल्याण श्रेष्ठ उमेर हदका कारण अवकाश हुने मिति नजिकिँदै गर्दा मुलुकले पहिलो प्रधानन्यायाधीशका रुपमा सुशीला कार्कीलाई पाउने निश्चित पनि भयो ।

Nepalese presidential candidate nominated by the Communist Party of Nepal (Unified Marxist-Leninist) (CPN-UML), Bidhya Bhandari, waves after casting her vote in an election for Nepal's new president in Kathmandu on October 28, 2015. The legislature was to vote on October 28 for a replacement for Ram Baran Yadav as ceremonial head of state, as required under the new constitution adopted last month. AFP PHOTO / Prakash MATHEMA

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन
यसै वर्ष पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको ७६ वर्षको उमेरमा माघ २६ गते आफ्नै निवास, महाराजगन्जमा असामयिक निधन भयो । राति एम्बुलेन्स नपाएर सभापति कोइरालालाई ५०० मिटर नजिकको अस्पतालमा लैजान नसकिएको उनका निजी चिकित्सकको भनाइले उनका शुभेच्छुकलाई धेरै निराश र दुःखी तुल्यायो ।
Sushil-Koirala-770x470शेर बहादुर देउवाको उदय
यसै वर्ष मुलुकको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको फागुन २० देखि २४ सम्म राजधानीमा सम्पन्न १३औँ महाधिवेशनले सभापतिमा शेरबहादुर देउवालाई निर्वाचित ग¥यो । त्यस्तै पूर्वसभापति सुशील कोइरालाको निधनपछि रिक्त काँग्रेस संसदीय दलको नेतामा पनि देउवा नै निर्वाचित भए ।
Sher-Bahadur-Deuba

बेलायतका राजकुमारको नेपाल भ्रमण
चैत ६ देखि बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’को नेपाल भ्रमण भयो । बेलायती शाही परिवारका सदस्यले दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर नेपालको औपचारिक भ्रमण गरेको हो ।

prince harry children's hospital (12)

प्रधानमन्त्री केपी शर्मा ओलीको विदेशी भ्रमण
प्रधानमन्त्री केपी शर्मा ओलीको फागुन ७ गतेदेखि भएको भारत भ्रमण र चैत ७ गतेदेखि भएको जनगणतन्त्र चीनको भ्रमण पनि नेपालको राजनीतिमा दूरगामी महत्वका रहे । दुवै छिमेकी मुलुकसँग भएका पारवहन सम्झौता मुलुकका लागि ऐतिहासिक ठह¥यो ।

oli27फुटबल खेलमा नयाँ आयाम
निकै लामो सयमको प्रतीक्षापछि नेपाली फुटबल खेलमा नयाँ आयाम थपियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) विवाद, म्याच फिक्सिङ (खेल मिलेमतो) लगायतका प्रकरणमा मुछिएको नेपाली फुटबलले २३ वर्षपछि दुईवटा महत्वपूर्ण सफलता हात पा¥यो ।

यसै वर्ष बङ्गलादेशमा सम्पन्न बङ्बन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली टोलीले त्यसको केही समयपछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक हात पा¥यो ।

Nepali football team welcome (8)

विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन
बङ्गलादेशमा नै सम्पन्न उन्नाइस वर्षमुनि (यु–१९)को विश्वकप क्रिकेट छनोट प्रतियोगितामा पनि नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै दोस्रो चरणमा पुग्न सफल भयो ।

criket nepal

हवार्इ दुर्घटना
हवाई यातायतका क्षेत्रमा यो वर्ष दुःखद रह्यो । फागुन १२ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान म्याग्दीमा दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको निधन भयो भने यसै वर्ष नेपालगन्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डपको विमान कालीकोटमा दुर्घटना हुँदा चालकद्वयले आफू मरेर नौजना यात्रुको ज्यान जोगाए । तीर्थाटनमा आएका केही भारतीय पनि सडक दुर्घटनामा मारिए ।

Tara Air Plan Crass (2)

थोरै उपलब्धि र ठूलो क्षतिका साथ मुलुकले २०७२ वर्षलाई बिदाइ गर्दैछ । आशा गरौँ नयाँ वर्ष २०७३ सुखद् रहोस् । भूकम्पबाट पीडित जनतालाई उचित बसोबासको व्यवस्था गर्न र नाकाबन्दीबाट तहसनहस भएको अर्थतन्त्र उकास्न प्रेरणादायी बनोस् ।



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.