
Advertisement
|
नेपाली फिल्मका निर्माताहरुले दर्शकहरुलाई विभिन्न स्वादका फिल्महरु पस्कने गर्दछन् । त्यस्तै भिन्न धार भएको फिल्म ‘हाउ फन्नि’ पनि निर्माण भएको छ । ‘हाउ फन्नि’ फिल्म को कार्यकारी निर्माताको रुपमा पुर्व मिस नेपाल माल्भिका सुब्बा रहेकी छिन् । नीलु डोल्मा शेर्पाको कन्सेप्ट र कथामा निर्माण भएको फिल्म ‘हाउ फन्नि’ लाई नीलु डोल्मा शेर्पाले नै निर्देशन गरेकी छिन् । ‘हाउ फन्नि’ फिल्म कमेडि बेस फिल्म रहेको छ । फिल्मको स्कृप्टलाई शान बस्न्यातले लेखेका हुन् । ‘हाउ फन्नि’ फिल्म का निर्माता तथा निर्देशक नीलु डोल्मा शेर्पाले ‘हाउ फन्नि’को राम्रो प्रतिकृया पाईरहेको बताएकी छिन् । त्यस्तै ‘हाउ फन्नि’ फिल्म फिमेल कमेडि फिल्म रहेको पनि बताईन् ।
कमेडि फिल्म ‘हाउ फन्नि’मा चलेका कलाकारहरुले अभिनय गरेका छन् । जस्मा, दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी,नीशा अधिकारी, अनुप बिक्रम शाही लगाएतको कलाकारहरुको अभिनय रहेको छ । ‘हाउ फन्नि’ फिल्मको निर्माण पक्षले केहि साता अगाडि शिरैमा शिरबन्दि बोलको गीत सार्वजनिक गरेको थियो । जुन गीतले अहिले चर्चा पाईरहेको छ । त्यस्तै, भर्खरै पनि ‘हाउ फन्नि’ फिल्मले नयाँ (यो के हो माया ….) बोलको गीत रिलीज गरेको छ । गीतमा केकी अधिकारी र अनुप बिक्रम शाहीको फिचरीङ रहेको छ ।
यसै ‘हाउ फन्नि’ फिल्मको नायिका केकि अधिकारीले फिल्म भिन्न रहेको बताउछिन् । त्यस्तै नायिका केकीले निर्देशकको प्रसंसा गर्दै फिल्म राम्रो भएको प्रतिकृया पाईरहेको पनि बताउँछिन् ।
फिल्म यहि बैशाखको १० गतेबाट दर्शकमाझ प्रदर्शन हुनेछ ।
- News24Nepal.com



0 comments
प्रतिक्रिया दिनुहोस्...