ललितपुरको भैंसेपाटीलार्इ केन्द्रविन्दु बनाएर शनिवार साँझ गएको ४ दशमलब ५ रेक्टर स्केलको भूकम्पको पराकम्पन जाँदा घरबाहिर भाग्दै गर्दा ललितपुरमा चारजना घाइते भएका छन्।
पाटन अस्पतालमा दुर्इ जना र बिएण्डबी अस्पतालमा दुर्इ जनाको उपचार भइरहेको ललितपुरका डिएसपी किसनसिंह थापाले जानकारी दिए।
पाटन सुन्धाराकी रतनदेवी शाक्य घरको छतबाट हाम फाल्दा घाइते भएको उनले बताए। बज्रवाराही नगरपालिकाका एक युवक पनि भाग्दा घाइते भएका छन्।
उनीहरु दुवैको बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ। पाटनका विकेश शाक्य र संगिना वैद्य पनि भाग्दा घाइते भएका छन्। उनीहरुको बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...