-->
८ सय पिस हात्तीको पुच्छरसहित भारतीय नागरिक पक्राउ
Advertisement

२५ चैत, मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१७ रातोमाटे चेकप्वाईन्टमा एक भारतीय नागरिक हात्तीको पुच्छरसहित पक्राउ परेका छन् ।
वीरगञ्जबाट पोखरा जाँदै गरेको ना.५ ख २५५६ नम्बरको बसलाई चेकजाँच गर्नेक्रममा भारत बिहार अरेराज बस्ने ४० वर्षीय श्यामबाबुप्रसाद कलवार पक्राउ परेका हुन् ।
उनको साथबाट ८ बण्डल बनाई साथमा लुकाई राखेको ८ सय पिस हात्तीको पुच्छर बरामद भएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- अनलाइनखबर


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.