-->
स्वर्ण बिजेता फुपुको तस्विर र जुडोको झण्डा सगरमाथामा फहराइने
Advertisement

काठमाडौं, चैत २१ - भारतको सिलोङ्गमा भएको १२ औं दक्षिण एशियाली खेलकुदको सागको जुडोमा स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी फुपु ल्हामु खत्रीको पदक प्राप्त फोटोसहितको व्यानर र नेपाल जुडो संघको झन्डा सरगमाथामा शिखरमा फहराइने भएको छ । ताप्लेजुङ्ग निवासी फुपुका जेठी आमाका छोरा पेम्बा शेर्पाले स्विस नागरिक कालिङ्ग कोव्लरको नेतृत्वमा सगरमाथा आरोहण गर्न लागेको टोलीसँगै फपुको तस्बिर र जुडोको झण्डा फहराउन लागेका हुन् । पेम्बाले ६ पटक सगरमाथाको आरोहण गरि सकेका छन् ।
पेम्बाले आफुले जुडो खेल तथा खेलाडीको लागि आर्थिक सहयोग गर्न नसकेता पनि खेलाडीले प्राप्त गरेको उपलब्धि तथा राष्ट्रको किर्तिमानलाई विश्वको सर्वोच्च शिखरमा फहराउने चाहना रहेको बताए ।
फुपुका बाबु दोर्जे खत्रीले पनि ९ पटक सगरमाथाको आरोहण गरेका थिए । उनको दुई बर्ष अघि हिम पहिरोमा परि मृत्यु भएको थियो ।
नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्य, महासचिव धर्म कुमार श्रेष्ठ, कोषाध्यक्ष विपिन श्रेष्ठ लगायतले संघको झन्डा र फुपुको फोटो रहेको ब्यानर आईतबार पेम्बालाई हस्तान्तरण गर्दै विदाई गरे । टोली २०७२ चैत्र २२ गते सगरमाथातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
- Ujyaaloonline


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.