-->
सेक्स गर्न नदिएको झोकमा अपार्टमेन्टको छैटौं तलाबाट भेनिशा हुत्याउने यि हुन फरार दिपेश लामा
Advertisement

काठमाडौं, २० चैत  सेक्स गर्न नदिएको झोकमा २० वर्षकी भेनिशा लिम्बुलाई अपार्टमेन्टको झ्यालबाट धकेली फरार भएका व्यक्तिको पहिचान भएको छ । गत ८ फागुणमा लाजिम्पाटस्थित अपार्टमेन्टको छैटौं तलाबाट भेनिशालाई धकाली भुईँमा खसाली दिने बौंद्धका दिपेश लामा भएको खुल्नमा आएको छ । भुईमा खसेर छटपटाएकी भेनिशालाई तत्काल अस्पताल नलगी दिपेशले आफ्नो टोयोटा कोरला एलएक्स गाडीमा राखेर ४ घण्टा घुमाएका थिए ।

छटपटाएकी भेनिशाले केही समयपछि कुनै प्रतिक्रिया नजनाएपछी मरीछ भन्दै शबलाई भक्तपुर नगरकोट नगरपालिका ११ मनपोखरी सडक नजिकै पुर्याई बाँसको झ्याङमा छोपछाप पारी लुकाई फरार भएका थिए । प्रहरीले एक महिनापछि हत्यामा संलग्न तीन अभियुक्तलाई पक्राउ गरी सार्बजनिक गरेपनि मुख्य अभियुक्त दिपेशलाई भने पक्राउ गर्न सकेको छैन ।

दिपेशको नाम सार्वजनिक नगरेपनि प्रहरीले भेनिशा हत्यामा प्रयोग भएको गाडी भने नियन्त्रमा लिई सकेको स्रोतले बताएको छ । धनकुटा स्थायी घर भएर हाल कपन सरस्वतीनगर बस्दै आएकी २० वर्षकी भेनिशा ८ फागुनमा बेपत्ता भई १४ फागुनमा उनको शब भक्तपुरको नगरकोट सडक खण्ड छेउको बाँसघारीमा फेला परेको थियो ।

यसरी भएकोे थियो हत्या

vanishaभेनिषा लिम्बु र राजन राई तीन महिनाअघि देखि समाजिक सञ्जाल फेसबुकमाबाट साथी बनेका थिए । ८ फागुनका दिन दिउँसो ३ बजे बौद्ध गेटमा राजन र भेनिषाको भेट भएको थियो । भेटहुँदा सनी लामा, सजित लामा र हाल फरार रहेको दिपेश लामापनि सँगै थिए ।

सबैको सल्लाह बमोजिम रमाईलोको लागी पहिलाको हार्ड रक, हाल फूलमुन रेस्टुरेन्ट गई चार÷पाँच वटा बियर खाए । भेनिशालाई रक्सी खुवाई लठ्ठ बनाई सामान्य अश्लील व्यवहार गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

साँझ ६ बजे दिपेशको गाडीमा राजन राई र सजित लामा सन्नी र भेनिशा ठमेलबाट निस्केर बौद्द गेटमा पुगे । बौद्ध पुगेपछि राजन राई र सजित लामा गाडीबाट झरे भने भेनिशालाई सनी लामा र दिपेशको जिम्मा लगाएर छाडिदिए ।

त्यसपछि उक्त फरार व्यक्तिले सनी र भेनिशालाई आफ्नो अपार्टमेन्टमा लगे । अपार्टमेन्टको छैंटौ तलामा रहेको कोठामा सन्नी र भेनिषाले थप १ बोतल बियर खाए । सनी र भेनिषा एउटा कोठामा सुते । सन्नी र भेनिषा बीच सहमतीमा सेक्स समेत भएको कुरा प्रहरीले खुलासा गर्यो ।

पक्राउ परेका तिन अभियुक्त

केही छिनपछि दिपेशले सनी र भेनिषा सुतेको कोठामा गई बाहिरबाट ढोका खोल्न भने । सनीले ढोका खोले । त्यो मान्छेले भेनिशासित सेक्स गर्ने मनसायले सन्नी लामालाई कोठा बाहिर जान भने । सनी मानेनन् । यस क्रममा दुई जनाबीच सामान्य विवाद समेत भयो ।

k

उक्त व्यक्तिले जवर्जस्ती गर्न खोजेपछि भेनिशा ट्वाईलेटभित्र पसिन् । उसले भेनिशासँग ट्वाईलेटमानै जबर्जस्ती गर्न खोजे । भेनिशाले मानिनन्, त्यसपछि दिपेशले अपार्टमेन्टको छैटौं तलाबाट भेनिशालाई धकाली भुईँमा खसालीदिए । अपराध खबर डटकमबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.