विर्तामोड, २३ चैत । नेपाल चीन र भारतबीचको सेतुको रुपमा काम गर्न लागिपरेको पूर्वसभामुख सुवास नेम्वाङले बताउनु भएको छ ।
सोमबार झापाको विर्तामोडमा नेकपा एमालेका अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेम्वाङले नेपालले कुनै पनि हालतमा एक चीनको पक्षमा रहेको र नेपाललाई चीनको विरुद्धको गतिविधि गर्न नदिने साथै भारतको आन्तरिक विषयमा पनि हस्तक्षेप नगर्ने जानकारी दिँदै नेम्वाङले चीन-भारतबीचको सेतुको लागि जस्तो पनि कदम उठाउन तयार रहेको बताउनु भएको हो ।
अर्काे प्रसंगमा पूर्व सभामुख नेम्वाङले नेपालको सविधान विश्वकै उत्कृष्ठ भएको पुन दोहोर्याउदै भारतले नेपालको मामलामा हस्तक्षेप गर्नु आफनौ खुट्टामा बन्चरो हान्नु जस्तै भएको बताउनु भएको हो । निकै कडा तर शालिन शब्दमा बौल्दै उहाँले आफूहरु पनि भारतको आन्तरिक विषयमा नबोल्ने तर नेपालको विषयमा बोल्ने भारतलाई कुनै अधिकार नभएको बताउनुभयो ।
विर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा कार्यकर्ता भेलामा सांसद रविन कोेइराला, प्रेम गिरी, जीवन घिमिरे लगायत नेकपा एमालेका झापाका अध्यक्ष चिन्तन पाठक, सचिव मदन अधिकारी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।
dainiknepal



0 comments
प्रतिक्रिया दिनुहोस्...