वीरगन्जः सत्तारुढ राप्रपा नेपालले सरकारमा रहेर पनि आफनो पार्टी जनताको हितमा काम गर्न नसकेको निष्कर्ष निकालेको छ ।
वीरगन्जमा सम्पन्न राप्रपा नेपालको केन्द्रिय कार्य समितिको तीनदिने विस्तारित बैठकले सरकार र आफनो पार्टीले जनता प्रति उत्तरदायी भएर काम गर्न नसकेको निष्कर्ष निकालेको हो ।
बैठकले सरकारले जनतालाई राहत दिने प्रभावकारी कदम चाल्न नसकेको ठहर पनि गरेको राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीले बताए
बैठकले हिन्दुत्वबारे जनचेतना बढाउने, सांगठनिक धर्म परिवर्तन निरुत्साहित गर्ने तथा धार्मिक अन्धविश्वास हटाउन देशभर सभाहरु गर्ने निर्णय समेत गरेको छ
वीरगन्जको होटल सुरजमा बिहिबारदेखि शुरु भएको विस्तारित बैठक शनिवार वीरगञ्ज घोषणापत्र जारी गर्दै आज सकिएको छ ।
बैठकले पार्टीको भावी रणनीति र कार्यदिशा पारित गर्दै सरकारमा रहेका आफना नेताहरुलाई प्रधावकारी भूमिका निर्वाह गर्न निर्देशन समेत दिएको पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए ।
बैठकले सरकारको काम कारबाही प्रभावकारी बनाउन कार्ययोजना तयार गर्नुका साथै सांगठनिक सुधारको खाका पनि तय गरेको वरिष्ठ उपाध्यक्ष पराजुलीले बताए ।
विस्तारिक बैठकले सह–अध्यक्ष केशबहादुर विष्टलाई साधारण सदस्य समेत नरहने गरी तीन वर्षका लागि निलम्बन पनि गरेको छ ।
बैठकमा देशभरीबाट पार्टीका अध्यक्ष र पदाधिकारीसहित एक सय ६० जना केन्द्रिय सदस्य, पार्टीका नेता एवम् भुमिसुधार मन्त्री रामकुमार सुब्बा, स्थानिय विकास राज्यमन्त्री कुन्ती कुमारी शाही, भूमिसुधार राज्य मन्त्री विक्रमबहादुर थापा, भुमिसुधार सहायक मन्त्री दिनेश श्रेष्ठसहति पार्टीका २५सांसदहरु सहभागी थिए ।



0 comments
प्रतिक्रिया दिनुहोस्...