एजेन्सी । अमेरीकामा पुरुषमाथि गरिएको एक अध्ययनमा रोचक कुरा देखिएको छ । रिर्पोट अनुसार धेरै पुरुषहरुको मृत्यु महिलाहरुभन्दा औसत ५ वर्ष पहिला हुनेगर्छ । करिब २५० मानिसमा गरिएको अध्ययनमा पुरुषको मृत्यु महिलाको भन्दा चाँडै किन हुन्छ भन्ने अनौठो तथ्य फेला परेको छ । खासमा पुरुषहरु आफ्नो स्वास्थय समस्या समाधानको लागि महिलाको तुलनामा कम चिकित्सककोमा जान्छन् ।
साथै उनीहरु महिला चिकित्सकभन्दा पुरुष चिकित्सककोमा जचाउन ज्यादा सजिलो र विश्वासिलो सम्झिन्छन् । अध्ययन अनुसार पुरुषहरु आफ्नो सम्पुर्ण स्वास्थ्य समस्या खुलेर चिकित्सकहरुसंग भन्न रुँचाउदैनन् । पारम्परिक सोच राख्ने पुरुषहरुले आफ्नो समस्या खुलेर राख्नुभन्दा चिकित्सकोमा नजानुनै उत्तम सम्झन्छन् ।
उनीहरुको सोचाइअनुसार महिला चिकित्सकभन्दा पुरुष चिकित्सकनै बढी सक्षम हुन्छन् । तर उनीहरु आफ्नो नीजि समस्या कुनै पुरुषलाई पनि बताउन चाँहदैनन् । सोधकर्ताले समान प्रश्न महिलालाई पनि गरेका थिए । जसमा महिलाले पुरुषले महिला चिकित्सकसंग पनि नडराइ र आत्मविश्वासका साथ आफ्नो समस्या राख्नुपर्ने निश्कर्ष निकालिएको थियो । एभरेस्टदैनिक बाट



0 comments
प्रतिक्रिया दिनुहोस्...