ललितपुर, ७ वैशाख । राजधानीमा आइतबार विहानै एक जना प्रहरी जवानले फेला पारेको हजारौ रुपैयाँले भरिएको रातो झोला पुनम कुमारी ठाकुरको जिम्मा लगाइएको छ ।
महानगरी प्रहरी वृत सातदोबाटोमा कार्यरत प्रहरी जवान मक्कुलाल थारुले डियुटीमा खटिएका बेला सातदोबाटो चोकमा हजारौं रुपैयाँ भएको वेवारिशे रातो झोला फेला पारेका थिए । झोलामा ३७ हजार ८६५ नगद, १६५० भारतीय रुपैयाँ, महिलाका कपडाहरु र पुजाका सामाग्रीहरु भेटिएका छन् ।
उक्त झोलालाई ललितपुर प्रहरीले मंगलबार धनुषा घोडीवास घर भई ललितपुर हात्तिवन बस्ने पुनमको जिम्मा लगाएको ललितपुर प्रहरीका प्रवक्ता डीएसपी किसन सिंह थापाले जानकारी दिए ।
ललितपुर प्रहरी परिसरले समाचारबाट वेवारिशे रातो झोला फेला पारेको सूचना प्रचारप्रसार गरेपछि झोला हराएकी पुनम सम्पर्कमा आएकी थिइन् । झोला भेट्टाउने प्रहरी जवान थारुलेले परिसर प्रमुख एसएसपी पिताम्बर अधिकारीको रहोवरमा पुनमलाई उक्त झोला हस्तान्तरण गरे ।
यस्तो छ घटना विवरणः
मिति २०७३।०१।०५ गते विहान अं.०६स्४५ वजेको समयमा महानगरीय प्रहरी वृत सातदोबाटोबाट खटिएको प्रहरी टोलीले ललितपुर सातदोबाटो चोकवाट बेवारिसे अवस्थामा रहेको रातो रंगको झोला भित्र तपसिलमा उल्लेख भए वमोजिमका नगद तथा सरसामान फेला पारी यस परिसरमा सुरक्षित साथ राखी पत्रपत्रिकामा प्रचार प्रसार गरेकोमा सो सामान जिल्ला धनुषा घोडीवास गा.वि.स. वडा नं.३ घर भई ललितपुर हात्तिवन बस्ने पुनम कुमारी ठाकुर (झा) समेत आफ्नो छोराको व्रतबन्ध गरी ऐ. ४ गते रात्री वस चढी धनुषावाट आई ऐ. ५ गते विहान अं.०६स्०० वजेको समयमा सातदोवाटो चोकमा गाडीवाट ओर्लिई ट्याक्सी चढी जाँदा उक्त सामान छुटाएको र पत्र पत्रिकामा प्रकाशित समाचारको आधारमा यस परिसरमा सम्पर्क राख्न आई उल्लेखित सामानहरु चिनी एकिन गरेको हुंदा निजलाई जिम्मा लगाईएको ।



0 comments
प्रतिक्रिया दिनुहोस्...