-->
फ्रान्समा वेश्यावृत्ति अवैध बनाउने कानुन पारित
Advertisement

त्र २५, २०७२- फ्रान्सको संसदले वेश्यावृत्तिलाई अवैध बनाउन कानुन पारित गरेको छ ।

फ्रान्सको संसदले पारित गरेको कानुन अनुसार अब उप्रान्त कसैले यौन सम्बन्ध राख्नकालागि पैसा तिरे त्यो गैरकानुनी हुन्छ । यस्तो कृयाकलापमा संलग्न भएकाले लगभग ४ हजार २ सय डलर जरिवाना तिर्नुपर्ने हुन्छ । यस्तै त्यस्ता व्यक्तिले वेश्याहरूले भोग्नुपर्ने कठिनाईहरुका बारे कक्षा पनि लिनुपर्ने हुन्छ ।

दुई वर्षअघि देखि नै यो कानुन संसदको बहसमा आए पनि माथिललो र तल्लो संसदमा यसबारे कुरा नमिल्दा अड्किएर बसेको थियो । संसदमा उक्त कानुन पारित गर्नका लागि अन्तिम बहस हुँदा संसद–भवन बाहिर केहीले यसको विरोधमा प्रदर्शन समेत गरेका थिए ।

एक तथ्यांक अनुसार यो कानुन पारित भएपछि यसले फ्रान्समा रहेको ३० देखि ४० हजार वेश्याको जीवनमा प्रत्यक्ष असर पार्ने छ ।

ekantipur


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.