-->
नागरिकता बनाउँदा तीन पुस्ते अनिवार्य गर्न चुरे भावरको माग
Advertisement

चुरेभावर राष्ट्रिय एकता पार्टीले अंगिकृत नागरिकता छानविन गरी नागरिकता बनाउँदा तीन पुस्ते उल्लेख गर्ने ब्यवस्था गर्न माग गरेको छ ।
चुरेभावरका अध्यक्ष बद्रिप्रसाद न्यौपानेको नेतृत्वमा प्रधानमन्त्री निवास वालुवाटार पुगेको टोलीले प्रधानमन्त्री केपीशर्मा ओलीलाई ज्ञपानपत्र बुझाउँदै तराई पहाड अलग हुनेगरी प्रदेश सीमाङ्कन नगर्न समेत माग गरेको छ ।
चुरे भावर राष्ट्रिय एकता पार्टीसँग विगतका सरकारले गरेका सहमतिका आधारमा प्रदेश सीमाङ्कन गर्न पनि उनीहरुले माग गरेका छन् । चुरे भावरका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डल शुक्रवार बिहान प्रधानमन्त्री निवास वालुवाटार पुगेको थियो ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले विगतमा विभिन्न पक्षसँग भएका सहमतिलाई छलफल गरी सन्तुलित रुपमा कार्यान्वयन गरिने आश्वासन दिनु भएको थियो । एउटा पक्षको माग पूरा गर्दा अर्काे पक्ष असन्तुष्ट हुने अवस्था आउन नदिन सन्तुलित भूमिका खेल्ने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नु भएको थियो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.