
Advertisement
|
काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले कुनै पनि बेला सशक्त संघर्ष गर्नु पर्ने बताएका छन् ।
बुधबारबाट राजधानीमा सुरु भएको अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले कुनै पनि बेला सशक्त संघर्ष गर्नु पर्ने बताउदै भने , लडाइ लड्नु पर्ने हुनसक्छ । तयार भएर बस्नुस् ।
संविधान बनेपनि कार्यान्वयनमा थुप्रै चुनौती रहेको भन्दै उनले अघि भने, ‘राष्ट्रिय स्वाधिनताको लडाइँ कुनै पनि बेला विस्फोट हुनसक्छ । टीआरसी चलिरहेको छ, त्यही पनि विस्फोट हुनसक्छ ।’
उनले माओवादीहरुलाई एकताबद्ध नगरेसम्म नथाक्ने बताउदै बैद्य माओवादीको बैठकले भोलिसम्ममा सकारात्मक निर्णय गर्नेमा आफू आशावादी रहेको समेत उनले बिश्वास ब्यक्त गरेका छन् । प्रचण्डले वामपन्थीहरुको बृहत मोर्चा बनाउनु पर्ने र सबै दलहरु एकतावद्ध हुनु पर्नेमा जोड दिएका छन् । आफूले प्रधानमन्त्रीलाई भेटेर मधेसी मोर्चासँग वार्ताको तयारी गर्न आग्रह गरेको भदै उनले भने, ‘मधेसी मोर्चालाई अपील गरेको छु कि केही समस्या छन् भने वार्तामा बसेर समाधान गरौं ।’
एमाओवादी अध्यक्ष प्रचण्डले माओवादीहरु विग्रिएको भन्दै जनयुद्ध गरेको भन्दैमा घमण्ड नगर्न आग्रह गरे । ‘जनयुद्ध लडेर आएको भनेर घमण्ड नगरौं । घमण्ड गर्नुको अर्थ अब छैन् ।’उनले संविधान बनाउन साथ दिने सम्पुर्ण राजनितिक दललाई धन्यवाद दिएका थिए ।



0 comments
प्रतिक्रिया दिनुहोस्...