-->
स्टार रेसलरको शंकास्पद मृत्यु : अनुसन्धान जारी
Advertisement

बैशाख ९
एजेन्सी । WWE की पूर्व स्टार रेसलर चाइनाको लास उनकै लस एन्जल्स स्थित घरमा फेला परेको छ । ४६ वर्षिया पूर्व रेसलरको मृत्युको कारण पुष्टि भइनसकेको समाचारमा उल्लेख छ । समाचार संस्थाहरुका अनुसार उनको मृत्यु ड्रग्सको ओभर डोजका कारण हुनसक्ने अनुमान गरेका छन् ।
समाचारमा जनाइए अनुसार पछिल्लो कयौं दिनदेखि उनी घरबाट बाहिर निस्किएकी थिइनन् । उनले फोनपनि ‘रिसिभ’ नगरेको समाचारमा बताइएको छ । जब उनको साथी उनलाई भेट्न घर पुगिन् तब उनी ओच्छ्यानमा मृत अवस्थामा फेला परेकी थिइन् ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु ड्रग्सको ओभरडोजका कारण हुन सक्ने र हत्या भएको कुनैपनि प्रमाण फेला नपरेको बताईएको छ ।
सन् २००४ देखि २०१३ सम्मको अवधिमा उनले ६ वटा पोर्न फिल्ममा काम गरेकी थिईन् ।- Khabar Dabali


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.