-->
टेलिकमले ल्यायो अफर, नयाँ वर्षमा फोनदेखि इन्टरनेटसम्म छुटैछुट
Advertisement

काठमाडौं, २९ चैत । नयाँ वर्ष २०७३ को अवसर पारेर नेपाल टेलिकमले आफ्ना ग्राहकलाई फोनदेखि इन्टरनेट सेवासम्म छुट दिने भएको छ ।
सोमबार सार्वजनिक सूचना जारी गरी टेलिकमले आफ्नो कम्पनीबाट सञ्चालित विभिन्न सेवाहरुमा छुट दिने घोषणा गरेको हो ।
जसअनुसार उसले जिएसएम तथा सीडिएमए मोबाइल सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएसको महसुल दरमा मंगलबारदेखि बुधबारसम्म हालको दरमा ५० प्रतिशत छुट दिनेछ ।
यस्तै जीएसएम प्रिपेड तथा पोस्पेड सेवाका ग्राहकहरुलाई रु ५० मा एक सय एमबी डाटा प्याकेज उपलब्ध गराउने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । यो अफर ३ दिन अर्थात बुधबारदेखि शुक्रबारसम्म कायम रहनेछ ।
यसअघि टेलिकमले एसएलसी दिएका विद्यार्थीका लागि असारसम्म इन्टरनेट सेवामा छुट दिइसकेको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.