धनगढीः मंगलवार साँझ डोटीको जिजोडामाण्डौ गाविसमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाएका पन्त परिवारका पाँचजनाको कैलालीको गोदावरी आर्यघाटमा बिहिवार सामुहीक दाहसंस्कार गरिएको छ ।
दुर्घटनामा ज्यान गुमाएका डोटीको जिजोडामाण्डौको जैनोली घर भई पदमकन्या क्याम्पस काठमाडौका प्राध्यापक तथा सस्कृतीविद डाक्टर जयराज पन्त, उनकी पत्नी सह–प्राध्यापक गुड्डी पन्त, बर्ड फ्लु रोगका नेपालका लागि विशेषज्ञ पुर्वक्षेत्रीय पशु निर्देशक डाक्टर गणेशराज पन्त, प्राध्यापक सावित्री पन्त र केशवराज पन्तको गोदावरी आर्यघाटमा विहीबार सामूहिक दाहसंस्कार गरिएको हो ।
पाँचैजनाको पार्थीव शरिरमा परिवारका बिभिन्न व्यक्तिहरुले सामुहिक दागबत्ती दिएका थिए । संस्कृतिविद् डाक्टर जयराज पन्त र उनकी श्रीमती गुड्डी पन्तको एकै चिहानमा अन्तिम संस्कार गरिएको छ ।
बिहीवार विहान गोदावरी आर्यघाटका लागी धनगढी र लालपुरबाट सुरु भएको सव यात्रामा पुर्व मन्त्री तथा एकिकृत नेकपा माओवादीका प्रदेश नम्बर ७ का ईन्चार्ज लेखराज भट्टसहित सुदूरपश्चिम क्षेत्रका विशीष्ट व्यत्तित्वहरु उपस्थित थिए ।
दागवत्ती दिनुअघि पन्त बन्धु समाजको आयोजनामा गोदावरी घाटमै २ मिनेट मौनधारण पनि गरिएको थियो । दुर्घटनामा संस्कृतिविद डाक्टर पन्त सहित विशीष्ट व्यक्तिहरुलाई गुमाएपछि अहिले डोटीसहित सिङगो सुदूरपश्चिम स्तब्ध बनेको छ ।
यस्तै संस्कृितबिद पन्त सहितका बिशिष्ट व्यक्तिहरुको ज्यान जाने गरि भएको डरलाग्दो दुर्घटनापछि जिजौडामाण्डौं क्षेत्रबासीहरु सडकको दुरावस्थादेखि झनै चिन्तित बनेका छन् ।
दैनिकी चलाउन डरलाग्दो सडकमा ज्यानको बाजी थापेर यात्रा गरिरहेका त्यस क्षेत्रका वासिन्दाले फेिी पनि त्यस्तै प्रकृतिको दुर्घटना दोहोरिने चिन्ता व्यक्त गरेका छन ।
उनीहरुले भर्खरै मात्र उक्त सडक मर्मतका लागि २० लाख रकम खर्च गरिएको भएपनि सडकको अवस्था सुधार हुन नसकेको भन्दै जिजौडामाण्डौ दुर्घटनासहित सडक सुधारका लागि खर्च गरिएको उक्त रकमको समेत छानबिन हुनुपर्ने माग गरेका छन् ।
पन्त परिवारका पाँचजनाको सामुहिक दाहसंस्कारमा सहभागी हुन गोदावरी आर्यघाट पुगेका जिजौडामाण्डौका स्थानिय वासिन्दा तथा स्थानीय सिताराम उच्च माबिका शिक्षक रामचन्द्र न्यौल्यालले सडकको अवस्था दयनीय रहेपनि यातायात चलाएको बताए ।
‘त्यहाँ साँघुरो र घुमाउरो सडक भएकाले अझै दुर्घटनाको सम्भावना छ, यस्तो घटना दोहोरिन नदिन सबैले सचेत हुनुपर्छ’ शिक्षक पन्तले भने ।
गोदावरी आर्यघाटमा सामुहीक दाहसंस्कारका बेला धेरैका आँखा रसाइरहेका देखिन्थे । आफैँमा मिलनसार पन्त परिवारका लागि हजारौंको संख्यामा मलामी गोदावरी पुगेका थिए ।
हुन त, जिजौडामाण्डौ जिप दुर्घटनाका चालक चेतराज बलायर त्यो क्षेत्रका अनुभवि चालक हुन् । निकै नै अनुभवी चालक भएपनि सडकको खराव अवस्था र थोत्रो भएकाले जीप दुर्घटना भएको शिक्षक न्यौल्यालले बताए ।
जिजोडामाण्डौंमा २२ जना यात्रु चढेको जीप उकालो चढ्न नसकेर ब्याक आएर दुर्घटना भएको हो । सडकको अवस्था सुधार नभए त्यस्ता दुर्घटना अझै दोहोरिने भन्दै स्थानीय वासिन्दाहरुमा चिन्ता बढेको गोदावरी आर्यघाटमा मलामी पुगेका जिजाडामाण्डौ गाविस–६ का गिरिराज अवस्थीले बताए ।
गत वर्ष मात्रै उक्त सडकको अवस्था सुधार गर्न डोटी क्षेत्र नम्बर १ का सांसद बीरबहादुर बलायरको सांसद बिकास कोषबाट २० लाख रकम खर्च गरिएको थियो ।
विभिन्न निकायबाट लाखौँ रकम खर्च गरिएको भएपनि सडकको अवस्थामा खासै सुधार नआएको स्थानीय बासिन्दाको आरोप छ । उक्त सडक सुधारका लागि खर्च गरिएको रकमको पनि छानबिन हुनुपर्ने मृतक परिवारका आफन्त हेमन्तराज पन्तले माग गरे ।
१० किलोमिटरको उक्त सडकखण्डमा यात्रुबाहक सवारीका साधनहरु चलाउन यातायात ब्यवस्था कार्यालयले रुट ईजाजत दिईएको छैन ।
छिटो हिँड्नेलाई एक घण्टा र ढिलो हिड्नेलाई डेढ दुई घण्टाको समय लाग्ने उक्त सडकमा दैनिक उपभोग्य बस्तु बोक्ने मालवाहक साधनहरु मात्रै चल्न पाउने प्रशासनको अनुमति छ ।
मलामी पुगेका पुर्व श्रम तथा यातायात मन्त्री तथा एमाओवादी प्रदेश नम्बर ७ का ईञ्चार्ज लेखराज भट्टले पनि यस्ता ईजाजत नपाएका कच्ची सडकहरुमा ठूला सवारी दुर्घटना हुने गरेकाले त्यसलाई रोक्न राज्यले विशेष खालको यातायात नीति ल्याउनुपर्ने बताए ।
- अन्नपूर्ण पोस्ट्

0 comments
प्रतिक्रिया दिनुहोस्...