-->
उर्जामन्त्रीले घोषणा गरे लोडसेडिङ अन्त्य हुने मिति
Advertisement

41शनिबार, २७ चैत
काठमाडौं।उपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले नयाँ वर्ष २०७३ बाट लोडसेडिङ आधारभूत रुपमा अन्त्य हुने र ७४ सालमा पूर्णरुपमा अन्त्य हुने घोषणा गर्नुभएको छ ।
‘उर्जा संकट निवारण गुरुयोजनाअनुसार द्रुत गतिमा काम भैरहेकोले २०७३ सालमा दैनिक ४ देखि ५ घण्टासम्ममात्रै लोडसेडिङ हुने ठोकुवा गर्दछु, मैले बलियो जग हालिसकेको छु, सरकार परिवर्तन भएपनि केही असर पर्दैन, काम अघि बढ्छ’ उहाँले भन्नुभयो ।
शनिबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा बोल्दै मन्त्री रायमाझीले लोडसेडिङ अन्त्य गर्ने सबै पूर्वाधार पूरा भैसकेकोले आगामी नयाँ वर्षबाट यसको प्रभाव देखिने उद्घोष गर्नुभएको हो । उर्जामन्त्री रायमाझीले अब ३ देखि ५ घन्टा मात्र लोडसेडिङ गर्छु भनिरहँदा अहिले दैनिक १२ घन्टा लोडसेडिङ भइरहेको छ ।
मन्त्री रायमाझीले विभिन्न अपठ्यारो परिस्थितिको बाबजुद पनि आफूले उर्जा क्षेत्रमा आमूल परिवर्तन ल्याएको दाबी गर्दै अब मुलुकले आगामी दिनमा उर्जाको समस्या भोग्नु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी केही वर्षमै विद्युत उत्पादन गरेर निर्यात गर्ने सामाथ्र्य राख्नेछौं ।’उर्जा क्षेत्रको संकट निवारणका लागि उर्जा दशकको रुपमा विभिन्न विशेषज्ञहरुसँग परामर्श गरेर वैज्ञानिक र वस्तुवादी कार्ययोजना ल्याएको भन्दै उहाँले उर्जा क्षेत्रमा उथलपुथल ल्याउने दाबी गर्नुभयो।
उर्जा क्षेत्रको विकासको लागि विभिन्न ठाउँमा सञ्चालित आयोजनालाई समेत समायावधिमै समाप्त गर्न आफूले आवश्यक पहलकदमी चालिसकेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘निर्माणधिन सबै आयोजनालाई समयमै पूरा गर्न मैले आदेश दिसकेको छु ।’ ठूला आयोजना अन्र्तगतका बुढीगण्डकी, नौमुरे, नलसिंहगाढ, अपर अरुण, सुनकोशीलगायतका हाइड्रोपोजेक्टसमेत चाँडै निर्माण कार्य अगाडि बढ्ने मन्त्री रायमाझीले जानकारी दिनुभयो ।
भारतबाट आउने भनिएको ६ सय मेगावाट विद्युत्त ढल्केवर र अन्य ठाउँमा सव–स्टेशनको अभावका कारण आउन नसकेको बताउँदै त्यो पनि चाँडै आउने उहाँको दाबी छ । उहाँले क्रस ब्रोडर ट्रान्समिसन लाइनको काम समेत तिव्र रुपमा अघि बढिरहेको बताउँदै छिट्टै चीन र भारतसँग विद्युत आदान–प्रदान हुने जानकारी दिनुभयो ।
ट्रान्समिसन लाइनको समस्याका कारण पूर्वी तराई र काठमाडौं उपत्यकाबिच सन्तुलन कायम गर्न असहज भएको कारण उपत्यकामा दैनिक ११ घण्टा लोडसेडिङ हुने गरेको मन्त्री रायमाझीले स्पष्ट पार्नुभयो ।
nepalsandesh


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.