-->
प्रधानमन्त्री भन्छन्–किम्बू रोपौं, आत्मनिर्भर बनौं
Advertisement

एक वर्षमा खाद्यान्नमा आत्मनिर्भर बनाउने 

काठमाडौंः प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाललाई एक वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर बनाउने दाबी गरेका छन् । अखिल नेपाल किसान महासंघको छैटौं महा–सम्मेलनको शुक्रबार राजधानीमा उदघाट्न गर्दै ओलीले कृषिको आधुनिकीकरण गरेर एक वर्षभित्रमा खाद्यान्नमा आत्मनिर्भर र दुई वर्षभित्रमा सञ्चित गर्न सक्ने अवस्थामा पुर्याउने बताएका हुन् । 

‘दुई तिहाइ जनसंख्या कृषिमा लागे पनि खान पुग्ने अवस्था छैन’, प्रधानमन्त्री ओलीले भने, ‘अब कृषिलाई आधुनिकीकरण गरेर एक वर्षमा आत्मनिर्भर र दुई वर्षमा खाद्यान्न सञ्चित गर्नसक्ने अवस्थामा पुर्याउँछौं ।’ 

खाद्यान्न आत्मनिर्भरताका लागि प्रविधिको प्रयोग र किसानलाई मलखादको उपलब्धताजस्ता कुरालाई सरकारले प्राथमिकतामा राख्ने प्रधानमन्त्री ओलीले आश्वासन दिए । 

उनले नेपाललाई खाद्यान्नमा मात्रै नभई लगाउने लुगामा पनि मुलुकलाई आत्मनिर्भर बनाइने जानकारी दिए । यसका लागि रेशम खेती, कपास खेती, टेक्सटायल उद्योग सञ्चालन गरेर स्वदेशमै कपडा उत्पादन गर्ने वातावरण मिलाइने प्रधानमन्त्री ओलीले बताए । 

‘कपडामा आत्मनिर्भर हुन कान्ला कान्लामा किम्बू खेती अभियान चलाए पुग्छ’, प्रधानमन्त्री ओलीले भने । 

वर्तमान सरकार बनेपछि विकासको गति तीव्ररुपले बढेको दाबी गर्दै प्रधानमन्त्री ओलीले सरकारले नयाँ सुरक्षित र आधुनिक वस्ती विकासका लागि योजना बनाइरहेको जानकारी दिए । 

सरकारको आलोचना गर्नेलाई कुराबाट होइन कामबाट जवाफ दिने प्रधानमन्त्री ओलीले बताए । 

दुई छिमेकी मुलुकसँग सम्बन्ध सुमधुर भएको र संविधान जारी भइसकेकाले अबको एक मात्र लक्ष्य समृद्धी मात्र भएको प्रधानमन्त्री ओलीले दाबी गरे ।

मुलुककोे समृद्धी कृषिको आधुनिकीकरणबाट सम्भव हुने बताउँदै उनले त्यसका लागि किसानका समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको आश्वासन दिए ।Annpurnapost 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.