चैत १९
सिरानी, जुत्ता, पब्लिक ट्वाइलेट र मोबाइल जस्ता समान्य कुरा निष्फिक्रि प्रयोग गरिरहेका हुन्छौँ । यस्ता चीजको प्रयोगले हामीलाई हानि पु¥याइरहेको हुन्छ भन्ने कमैलाई मात्र थाहा छ ।
सिरानी
सुत्ने बेलामा सिरानी सही रुपमा राख्न जानिएन भने यसले चाउरीपनको समस्या निम्त्याउँछ । पेटमा दबाब पुग्नेगरी सुत्नाले अथवा कोल्टे परेर सुत्नाले सिरानीमा दबिएको अनुहारको भागमा चाउरी पर्न सक्छ । त्यसैले सुत्दाखेरि अनुहारको कुनै भागपनि सिरानीमा दब्नु हुँदैन भन्नेमा सचेत रहनु पर्छ । सिरानीको मध्य भागमा टाउको राखेर सुत्नु राम्रो हुन्छ । बजारमा पाइने ‘सेव माइ फेस पिलो’ सिरानीको उपयोग गरेर चाउरीपनबाट बच्न सकिन्छ ।
जुत्ता
लामो अवधिसम्म जुत्ता लगाए पाइतालामा पसिना आउने समस्या उत्पन्न हुन्छ । यसबाट मोजा गनाउँछ । लगातार जुत्ता लगाए खुट्टामा रहेका दुई लाख ५० हजार पसिनाका ग्रन्थी सक्रिय हुन्छन् । ब्याक्टेरिया पसिनासँग सम्पर्कमा आएपछि खुट्टा गनाउँछ । लामो समयसम्म नधोइकनै जुत्ता र मोजा लगाइरहे खुट्टामा फंगस हुन्छ । जसबाट नङमा समस्या आउनसक्छ । यो समस्याबाट बच्न सफा जुत्ता–मोजा लगाउनुपर्छ । जुत्तालाई डिटोल छर्केर राख्नुपर्छ । यसले ब्याक्टेरिया मार्ने काम गर्छ ।
सार्वजानिक शौचालय
घरको भन्दा सार्वजानिक शौचालय प्रयोग गर्दा निकै होस पु¥याउनुपर्छ । किनभने ब्याक्टेरिया सर्ने सम्भावना बढी हुन्छ । शरिरमा घाउ लागेको छ भने यसबाट शरिरमा किटाणु सर्नसक्छ । ‘ट्वाइलेट सिट’मा बस्दा तिघ्रामा चोटपटक लागेको छ–छैन भन्नेमा विचार पु¥याउनुपर्छ । त्यस्तै शौचालय प्रयोग गरेर फ्लस गर्दा त्यहाँ रहेका ब्याक्टेरिया हातमार्फत् तपाईंको शरिरमा सर्न सक्छ । यस्तो नहोस् भन्नाका लागि ट्वाइलेट प्रयोग गरिसकेपछि अनिवार्य रुपले साबुन पानीले हात धुनुपर्छ ।
मोबाइल फोन
मोबाइलले एकअर्कासँग कुराकानी गर्न सजिलो बनाएको छ । तर, यसको नकरात्मक पाटोबारे धेरैलाई थाहा छैन । मोबाइल फोनको प्रयोगले केही खतरानक रोग निम्त्याउन सक्छ । छाती अगाडीको गोजिमा मोबाइल भ्राइब्रेट मुडमा राख्नु हुँदैन किनकी यसले छातीसम्बन्धी समस्या निम्त्याउँछ । मोबाइलमा बढी कुराकानी गर्नेको कानमा पनि समस्या आउन सक्छ । खासगरी विकसित हुने क्रममा रहेको बालबालिकाको दिमागमा मोबाइलको बढी प्रयोगले समस्या उत्पन्न गराउन सक्छ । त्यसैले मोबाइलको आवश्यकभन्दा बढि प्रयोग गर्नुहुँदैन ।
– स्वास्थ्य खबरपत्रिका

0 comments
प्रतिक्रिया दिनुहोस्...