-->
भारतलाई थापाको सुझावः पहिले आफ्नो संविधान समावेशी बनाऊ
Advertisement

धर्म परिवर्तनको आगो डढेलो जस्तै वीरगन्जः राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालीहरुबीच द्वन्द्व गराउने अभिव्यक्ति नदिन भारत र युरोपियन युनियनलाई आग्रह गरेका छन् ।

वीरगन्जमा शनिवार आयोजित हिन्दू जागरण वृहत्तसभालाई सम्बोधन गर्दै उपप्रधान मन्त्री थापाले १० वर्षे जनयुद्ध र राजनीतिक संक्रमणकालबाट भर्खरै बाहिर आएको सानो गरिब मुलुकलाई अनावश्यक आर्ति र उपदेश दिइ द्वन्द्व नबढाउन आग्रह गरे । नेपालमा द्वन्द्व सिर्जना गर्नुभन्दा पहिले भारत र युरोपियन युनियनका देशहरुले आफनै संविधानलाई समावेशी बनाउनुपर्ने उनले सुझाव दिए ।

उपप्रधान मन्त्री थापाले भने ,‘जति राजनीतिक परिवर्तन भएपनि जनताको आर्थिक अवस्थामा सुधार नआएसम्म परिवर्तनको कुनै अर्थ हँदैन ।’

उनले जनताको जीवनस्तरमा सुधार ल्याउँदै संविधानलाई बलियो र टिकाउ बनाउन सरकारले सीमाक्षेत्रको विकास लागि लागि ४ अर्ब ९२ करोड रुपैया छुट्याएको जानकारी दिए ।

२ नम्बर प्रदेशको एक सय १० गाविस र ६ नगरपालिकाका लागि ५ वर्षका लागि छुट्याइएको बजेटले तराईका बासिन्दाको जीवनस्तरमा सुधार ल्याउने भएकाले यो योजनालाई मेचीदेखि महाकालीसम्म लागू गर्न सरकारले तयारी समेत गरेकोे बताए ।

मुलुकमा गणतन्त्र आएपछिको दर्श वर्षमा लाखौ नेपालीको धर्म परिवर्तन भएको दावी गर्दै अध्यक्ष थापाले पहाडमा डढेलो जस्तै फैलिएको धर्मपरिर्वतनको आगाो मधेसमासमेत आउने खतरा रहेकाले त्यसबाट सचेत हुन सबैलाई आग्रह गरे ।

उनले पश्चिमा मुलुकहरुको चलखेलमा ९४ प्रतिशत हिन्दूहरुको भावनाविपरित ल्याइएको धर्मनिरपेक्षतालाई संवैधानिक बाटोबाटै सच्याउन राप्रपा नेपाल लागि परेकाले यसमा आम नेपालीको सहयोग चाहिएको बताए ।annapurnapost


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.