काठमाडौं, ६ वैशाख । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण भारतका लागि ऐतिहासिक झापड सावित भइसकेको छ । यो झापडमाथि अर्को झापड नखान भारतले भित्री खेल खेलिरहेको साँखु साप्ताहिकले समाचार छापेको छ ।
प्रधानमन्त्री ओली नेतृत्व नेतृत्वको वर्तमान सरकारले बजेट ल्यायो भने भारतका लागि अर्को झपड सावित हुन सक्छ । त्यससैले ओली सरकारलाई कसै गरे पनि बजेट ल्याउन नदिने रणनीतिमा भारत लागिपरेको लक्षण देखिंदैछ । साँघु साप्ताहिकले समाचार छापेको छ ।
यो सरकारलाई बजेट ल्याउन नदिनुको मुख्य कारण हो चीनसँगको सम्झौता कार्यान्वयनलाई सहयोग पुग्नेगरी विकास आयोजनामा बजेट छुट्याउन नदिने । आउँदो बजेट उत्तरी नाकाहरुको सडक मार्ग स्तारोन्ती गर्न ठूला बेट छुट्याइने निश्चित छ । त्यसैगरी रेल परियोजनाको लागि पनि सरकारले बजेट छुट्याउँदैछ ।
भारतले जे चाहेको छैन ओली सरकार त्यही गर्ने तरखरमा भएपछि जेठ १५ अगावै यो सरकार नढाली नछोडने तयारीमा कांग्रेस पुगेको छ । कांग्रेसको यो बाध्याताले नेपाली राजनीति नै तरंगित हुन थालेको छ ।
यही बेला दिल्ली दौड तीव्र देखिएको छ । खुमबहादुर खड्का आजै दिल्ली जाँदैछन् । सभापति शेरबहादुर देउवा पनि आजै दिल्ली जाँदैछन् । अमरेशकुमार सिंह दिल्लीमै छन् । हिन्दु राष्ट्रका लागि भारतले तीव्र चासो दिइरहेका बेला खुमबहादुरसहितका देउवा पक्षीय नेताको दिल्ली दौडलाई महत्वका साथ हेरिएको छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...