-->
दश बर्षपछि बल्ल बुझायो कोकाकोलाले कर
Advertisement

रत्ननगर-बहुर्राष्ट्रिय कम्पनी कोकाकोलाले स्थानीय विकास शुल्कअन्तर्गतको कर बुझाएको छ। 
पटक पटकको ताकेतापछि कोकाकोलाले जिल्ला विकास समितिमा रु पाँच लाख स्थानीय शुल्क बुझाएको हो। स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलका अनुसार दशकौँ भइसक्दा पनि भरतपुरस्थित गोन्द्राङमा रहेको कोकाकोलाले अहिलेसम्म शुल्क तिरेको थिएन।

जिल्लामा ह्याचरी उद्योग र अन्डा व्यवसायी केहीले कर नतिरेका पोखरेलले जानकारी दिए। चितवन राष्ट्रिय निकुञ्जबाट आउनुपर्ने ३० प्रतिशत कर अझै आउन सकेको छैन।

यसैगरी जिल्ला विकास समितिले स्थानीय निकायको आन्तरिक आय रु तीन करोड एक लाख लक्ष्य लिएकामा अघिल्लो महिनासम्म रु एक करोड ५३ लाख मात्रै सङ्कलन गरेको छ। रासस


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.