-->
गल्ती गर्ने प्रहरीलाई 'अन द स्पट' कार्बाही
Advertisement

बैशाख ०६
ललितपुर प्रहरी परिसरले पदीय दुरुपयोग गर्ने प्रहरी कर्मचारीलाई अन द स्पट कार्बाही गर्ने भएको छ। केही प्रहरी अधिकारी भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि परिसरका प्रमुख एसएसपी पीताम्बर अधिकारीले आफू मातहतका सबै निकायका इन्र्चाजहरुलाई बोलाएर गल्ती गर्ने प्रहरीलाई अन द स्पट कार्बाही गर्ने चेतावनी दिएका हुन्। ललितपुरमा २ वटा वृत्त, १५ वटा प्रभाग, चौकी ५, बिट ४ र इप्रका १ वटा छ।
आदेश पालना नगर्ने, मापसे गर्ने, आपराधिक कृयाकलापमा संलग्न भएकाहरुसँग साँठगाँठ गरेको पाइए त्यस्ता प्रहरी कर्मचारीलाई नछोडिने अधिकारीले चेतावनी दिएका छन्। ललितपुरका एसपी अशोक सिंहले पनि गल्ती गर्ने प्रहरीलाई अन द स्पट नै कार्वाही गर्ने बताए।
दुरुपयोग गर्ने कतिपयलाई कारबाही सुरु गरिसकेको उनले बताए। 'गल्ती गर्नेलाई कार्बाही गछौं', एसपी सिंहले भने, 'राम्रो गर्ने प्रहरीलाई पुरस्कार र प्रोत्साहन पनि दिन्छौं।'
प्रहरीका कामकारबाही अनुगमन गर्नका लागि ललितपुर प्रहरी परिसरले सादा पोशाकमा समेत प्रहरी खटाएको छ। यसका साथै ललितपुर प्रहरीले अपराध न्युनिकरणका लागि जिल्लामा प्रहरी परिचालनसमेत गरेको छ। सिआरभि, क्युआरटी, मोटरसाइकल गस्ती, साइकल गस्ती, मोबाइल गस्ती, पैदल गस्तीलाई २४ सै घन्टा खटाइएको सिंहले बताए।- Setopati


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.