सवारी साधन दर्ताको अनुपातमा सवारी चालक अनुमतिपत्र वितरण नहुँदा कोशी अञ्चल यातायात व्यवस्था कार्यलयले करोडौंको राजस्व गुमाएको छ । २०७१ साल देखि यातायात विभागले कोशी अञ्चलमा पनि सवारी दर्ता र लाइसेन्स वितरण कार्यालय अलग्गै राखेर सेवाग्राहीलाई छिटो र छरितो सेवा दिने योजना बनाएको थियो । तर योजना अनुरुप लाइसेन्स वितरण नहुँदा सेवाग्राही मारमा परेका छन् ।
सवारी दर्ता कार्यालयमा यस आर्थिक वर्षको चैत्र सम्ममा जम्मा २८ हजार ८ वटा ठुला साना तथा दुई चक्के सवारी दर्ता भएको अभिलेख रहेको छ । तर लाइसेन्स वितरण कार्यालयले भने २१ सय ४० वटा मोटरसाइकल, ७ सय १३ वटा ट्याक्टर र १९ वटा जेसिभी, स्काभेटरको लाइसेन्स वितरण भएको छ । यो सवारी दर्ताको अनुपातमा करिव ५ प्रतिशत मात्र सवारीचालक अनुमति पत्र वितरण गरिएको देखिन्छ ।
सवारी दर्ता कार्यालयले अपेक्षित राजस्व सँकलन गरे पनि सोहि अनुपातमा लाइसेन्स कार्यलयले सवारी अनुमतिपत्रलाई नियमित नबनाउँदा समस्या उत्पन्न भएको हो । उक्त कार्यलयले भौतिक सँरचनाको अभाव देखाउँदै लाइसेन्स वितरण कार्यलाई नियमित बनाएको छ्रैन । तर अघिल्लो आर्थिक वर्षमा प्राप्त ट्रायल सँरचना निर्माणको बजेट त्यसै फ्रिज भएको छ । उक्त कार्यलर्यले कर्मचारी अभाव तथा भौतिक संरचनाको अभावमा लाइसेन्सलाई नियमित बनाउन नसकिएको बताएको छ ।
नियमित रुपमा लाइसेन्स वितरण नहुँदा लाइसेन्सबाट प्राप्त हुने शुल्कको मात्रै पनि निकै ठूलो रकम सरकारी ढिकुटीमा जम्मा हुन पाएको छैन



0 comments
प्रतिक्रिया दिनुहोस्...