-->
सफल हुनको लागी त्याग्नुहोस् यी पाँच बानी
Advertisement

सफलता प्राप्त गर्न सबैले चाहन्छन् । सफलताका लागि मेहनतका साथै केही अन्य कुराहरु जरुरी हुन्छन् । विशेष गरी मानसिक र शाररिक स्वास्थ्यलाई ख्याल पु¥याउनुपर्छ । मान्छे स्वस्थ रहन उसका बानी स्वस्थ हुनुपर्छ । स्वस्थ बानीले मात्रै सफलता दिलाउन सक्छन् ।

१.असफलता देखी डराउने सफलता सधैँ हात लाग्दैन । असफलता त पाइलैपिच्छे भेटिन्छ । असफलता नै धेरै समय आफूसँग रहन्छ भने किन यो देखि डराउने । त्यसैले असफलतासँग डराएर दिमागमा यसलाई हावी हुन दिने होइन, सानो असफलता आइलाग्दा आफूले कुनै बेला प्राप्त गरेको सफलता सम्झिएर त्यसलाई पचाउने प्रयास गर्नुपर्छ ।

२. प्राथमिकताकाे क्रम हामीले जीवनमा ठूलो गल्ती यहीँनेर गर्छौं । आफ्नो तत्कालिन जरुरीलाई वास्ता गरिरहेका हुँदैनौँ । दिमागलाई आफ्नो सबैभन्दा जरुरी कुरालाई सूचिकृत गर्ने बानी बसाइएन भने यसले पनि कुन जरुरी र कुन जरुरी होइन भन्ने कुरा नोट गर्न छाड्छ । जस्तो आफूलाई कुनै काम गर्न मन लागेको छ भने साथीभाईले भोलि गर्दा हुन्छ भन्लान् । हामी मानिदिन्छौं । बिस्तारै यो बानी लाग्छ । यही बानी सफलताको बाधक हुन्छ । दिमाग अरुको अनुसार घुमाउने होइन, सञ्चालन गर्नुपर्छ ।

३. दुःख लाग्दा रुने रुनुलाई कमजोरीका रुपमा लिइन्छ । भनिन्छ, कमलो मन छ । मनलाई कमलो नै रहन दिनुपर्छ । जब मन कठोर बनाउन थालिन्छ, त्यसपछि मन संवेदनशिल हुनै छाडिदिन्छ । दुःख लाग्छ, धरधरी रोए हुन्छ । खुशी लाग्छ, मन खोलेर हाँसिदिए हुन्छ । यीनै साना साना कुरामा सफलता अडिएको हुन्छ । तर, आफना् दुःख अरु समक्ष पोखेर रुने गर्नुहुँदैन । आफूलाई परेको दुःख बाँड्न जरुरी छ । तर, त्यसलाई फेस गर्ने हिम्मत पनि रहेको जानकारी अरुलाई दिनुपर्छ । त्यसो भयो भने मात्रै दुृःखमा साथ दिन्छन् र सफलता हासिल हुन्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.