-->
परीक्षण नगरिएका २० लाख ग्यास सिलिण्डर बजारमा-उपभोक्ताको ज्यान जोखिममा
Advertisement

बजारमा भित्रिएका नयाँ ग्यास सिलिण्डरको हाइड्रोलिक र हाइड्रो स्टाटिक परीक्षण गरिएन , भित्रिएका नयाँ सिलिण्डर बारे सरोकारवाला निकायद्धारा अनभिज्ञता प्रकट
बजारमा ग्यास छैन तर सिलिण्डर छ्याप्छ्याप्ती छ । मधेस आन्दोलन र नाकावन्दी पछि सबैभन्दा चरम अभाव भएको ग्यासको अवस्था अझै सहज हुन सकेको छैन । तर ठूलो मात्रामा नयाँ सिलिण्डर अस्तित्व बजारमा देखिएपछि यस्ले कालोबजारीको कहालीलाई त उजागर गरेको छ नै त्यसमाथि पनि अर्को भयावह अवस्थाको पनि सिर्जना गरेको छ । नयाँ ग्यास सिलिण्डरको गुणस्तरको न कसैले परीक्षण गरेको छ नत यसप्रति ध्यान नै कसैको गएको छ ।
अभावबाट आत्तिएका उपभोक्ता र सर्वसाधारणले जसरी भएपनि घरको चुल्हो जलाउन चाहे । वस यही अवस्था कालोबजारी गर्नेका लागि उचित मौका बन्यो । नयाँ सिलिण्डर बनाउन नेपाल आयल निगमको स्वीकृति चाहिने बाध्यात्मक अवस्थालाई मिच्दै भारतबाट अवैधरुपमा सिलिण्डर भित्रयाएर उपभोक्ताको घरमा पु¥याउने खेलमा व्यापारी र उद्योगी लागे र मालामाल बने पनि ।
तर ग्यासको सिलिण्डरको हकमा गरिनु पर्ने हाइड्रोलिक र हाइड्रो स्टाटिक परीक्षण नगरी उद्यमी र व्यापारीले सिलिण्डर उपभोक्ताको घरमा पु¥याएका छन् । ग्यास जस्तो आफैमा संवेदनशील वस्तुमा गरिएको यो खेलवाडले उपभोक्ताको ज्यानमा कत्तिको जोखिम पु¥याएको छ भन्नेमा कसैको ध्यान गएको छैन । यता यस्को जिम्मेवारी लिएको गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भित्रिएका भनिएको नयाँ सिलिण्डरको बारेमा कुनै परीक्षण नगरेको पनि प्रष्ट पार्नुभयो ।
ग्यास सिलिन्डरको आयु करिब ४० वर्ष हुन्छ । सिलिन्डर बनेको १० वर्षमा हाइड्रो स्टाटिक टेस्ट गर्नुपर्छ । त्यसपछि प्रत्येक ५÷५ वर्षमा गरिरहनुपर्ने प्रावधान छ । सिलिन्डर कुच्चिएको छ भने हरेक वर्ष गर्नुपर्ने विभागमा महानिर्देशक पुडासैनीले जानकारी दिनु भयो । यता ग्यास बिक्रेता महासंघका महासचिव चन्द्र थापाले बजारमा करिब ९० प्रतिशत कम्पनलीले नया“ सिलिन्डर थपिको दाबी गर्नुभयो ।
तर, यता नया“ सिलिन्डरका लागि निगमको स्वीकृति अनिवार्य भए पनि निगमस“ग कुनै तथ्यांक छैन । निगमका निर्देशक मुकुन्द घिमिरेले नया“ सिलिन्डर थपेको बारेमा कुनै जानकारी नभएको बताउनु भयो ।
नाकावन्दीपछि मात्र नेपालको बजारमा अवैधरुपमा २० लाख ग्यास सिलिण्डर भित्रिएको अनुमान छ । यो अनुमानप्रति सरोकारवालाहरु मौन रहेपनि होइन भनेर भन्न सकेको अवस्था भने छैन । तर अब ढिला नगरी ग्यास सिलिण्डरको आवश्यक परीक्षण र वास्तविक अवस्था पत्तो लगाउन आवश्यक भइसकेको छ । सम्भावित गम्भीर दुर्घटना अघिको सचेतता नै सबैभन्दा ठूलो उपचार हो ।
- News24Nepal.com


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.