यौन सार्वभौम हो । हामी सबै यौनकै परिणाम हौँ । मानिसलाई विभिन्न यौन चाहना भइ नै रहेको हुन्छ । जसरी खाना नखाँदा भोक लाग्छ, त्यसरी नै समय–समयमा यौन सम्पर्क गर्न नपाउँदा त्यसले कतिपय व्यक्तिमा मानसिक विकृति समेत ल्याउने गर्दछ । तर विभिन्न कारणहरुले मान्छेको यौन जीवन सहज या मनोरन्जपुर्ण नह्न सक्छ । केही खास कुराहरुलाई ध्यान दिने हो भने यौन जीवन आनन्दप्ुर्ण हुन जान्छ । यहाँ १२ वटा यौनशक्ति बढाउने टिप्सहरु दिइएको छ, जुन तपाईंको लागि पनि उपयोगी हुनसक्छ ।
१. हरेक दिन यौन सम्पर्क नगर्नुहोस्
यौन सम्पर्कको लागि एक वा दुई दिनको दुरी कायम गर्नुहोस् । त्यो सबैभन्दा उचित हुन्छ किनकी हरेक दिनको सहवासले तपाईँलाई उक्त कामदेखि नै दिक्क लाग्न पनि सक्छ । यसले क्रमसः यौन चाहनामा गिरावट आउन पनि सक्छ । नयाँ पार्टनरसँग भने एकै दिनमा धेरैपटक यौन सम्पर्क पनि मिठास र रोचकपुर्ण हुन सक्छ ।
२. सरप्राइज दिनुहोस्
आफ्नो यौन पार्टनरलाई सरप्राइज दिनुहोस् । फरक प्रस्तुती, फरक गतिविधि अथवा महत्वपूर्ण उपहारहरु दिनुहोस्, जसले तपाईंको सहवासलाई झनै रोचक बनाउन सक्छ ।
३. फरक आसनको प्रयोग
सधैं उही आसनको प्रयोग गर्दा वाक्क लाग्दो हुनसक्छ यौन जीवन । फरक–फरक यौन आसनको प्रयोगले स्वास्थ्यलाई मजबुत बनाउन मात्र सहयोग गर्दैन, यसले थप क्यालोरीको खपतको लागि पनि भूमिका खेल्दछ ।
४. उत्तेजक र मिठा यौन कल्पना
रोचक, जंगली र अनौठा यौन परिकल्पना गनुर््होस् र तयसलाई व्यवहारमा उतार्ने प्रयास गर्नुहोस् । ख्याल राख्नुस् , यौन, कार्यभन्दा बढि कल्पना हो ।
५.सबै कपडा एकैचोटि नखोल्नुहोस्
बिस्तारै र धैर्यतापूर्वक काम गर्नुहोस्, अनि पो जितिन्छ दौड । कछुवा र खरायोको दौड याद गर्नुहोस् त ।
६. कण्डम लगाउनुहोस्
कतिपयले कण्डम प्रयोग गर्दा पुर्ण आनन्द नआउने बताए पनि त्यो सत्य होइन । कण्डमको प्रयोगले शिघ्र उत्कर्षमा पुग्ने र स्खलित हुने समस्या समेत रोक्छ र बढी आनन्द प्राप्त हुन्छ । कुनै पुरुषमा यौनाङ्गको टुप्पाको ढकनी बन्द गरी यौन सम्पर्क गर्दा ढिलो स्खलन हुने पनि हुन्छ । लिङ्गको टुप्पोमा नै पुरुषको चरमोत्कर्षको राज लुकेको हुन्छ । यसलाई बन्द गर्दा सुस्त स्खलन हुन्छ र लामो सयमसम्म टिकिरहन सकिन्छ ।
७. शारीरिक अभ्यास
यौन र शारीरिक अभ्यास एकअर्कासँग अभिन्न रुपमा जोडिएका हुन्छन् । शारीरिक अभ्यास गर्नुहोस् । योग गर्नुहोस् । खानेकुरामा समेत ध्यान दिनुहोस् । सकेसम्म शाकाहारी भोजन गनुर््होस् । ख्याल गर्नुहोस् सबैभन्दा कामुक मानिने खरायोले घाँस,पराल बाहेक अरु कुनै चीज खाँदैन । शाकाहारी भोजनले मान्छेलाई फुर्तिलो बनाउने र माछामाशुले अल्छि बनाउने हुनाले शाकाहारीहरु यौनकार्यमा बढि सक्रिय हुने मत बैज्ञानिकहरुको छ ।
८. कालो दाल र साग
कालो दाल यौन शक्ति बढाउने एउटा प्रभावकारी शक्तिप्रदायक हो । यसकारण, कालो दालबाट बनेका खानेकुरा हप्तामा २–३ पटक सेवन गर्दा यौन शक्ति बढ्दछ । त्यस्तै हरिया सागपातले पनि यौनशक्ति व्यापक बढाउने मत डायटिसीयनहरुको छ ।
९. रोगबाट छुट्कारा
चरम यौन आनन्द तपाईंको सफा र स्वस्थ जीवनको बरदान हो । आफूसँग भएको रोगको उपचार गर्नुहोस् र त्यसलाई फेरि आफ्नो जीवनमा आउन नदिनुहोस् । भएकालाई पनि चिरकालसम्म रहन नदिनुहोस् । मधुमेह र उच्च रक्तचापका कारण यौन इच्छा निम्तनसक्छ । यसकारण यी रोगको तत्काल उपचार गर्नुहोस् ।
१० पार्टनरको हेरचाह
पारस्परिक आनन्दको महत्वपूर्ण तत्व भनेको प्रेम नै हो । आफ्नो सहकर्मीको भावना बुझ्नुहोस् । यस्तो अवस्थामा महिलाहरु फरक मुडमा हुनसक्छन् । महिलासँग काम गर्नु सामान्यतः तनावको तह बढाउनु पनि हुनसक्छ । यसर्थ, उनको हेरचाह गर्नुहोस् । उनलाई विस्तारै–विस्तारै मुड फ्रेस बनाउन सहयोग गर्नुस् । ख्याल राख्नुस् पुरुष मित्रहरु, धेरैजस्तो महिलाहरु प्रेम पाउनका लागि यौन सम्पर्क गर्छन् ।
११. आयुर्वेद
भनिन्छ, गुलियो, नुनिलो र अमिलो स्वादले यौन शक्ति बढाउँछ भने तितो, तातो र पिरोले यसलाई घटाउँछ । अस्वगन्धा, अंगुर, चकलेट, एलोभरा जुस, गुलियो अनार जस्ता फलफूलहरु केही यस्ता खानेकुरा हुन् , जसले यौन शक्ति बढाउँछ ।
१२. यौनवर्दक हर्बल
तपाईंलाई मधुमेह र उच्च रक्तचाप छ भने तपाईंलाई यौनइच्छाको कमी, र लिङ्ग उत्तेजना नहुनसक्छ । दिर्घरोगबाट प्रभावित हुनुहुन्छ भने यौनइच्छाको कमि र स्खलन समय समेत घट्न सक्छ ।यदि माथिको अवस्था तपाईंमा विद्यमान छ भने माथिका कुनै पनि उपायहरु कामयाव नहुन सक्छ ।
- अनलाइन साझा खबर



0 comments
प्रतिक्रिया दिनुहोस्...