-->
नायिका श्वेता खड्काले मिडिया गुहारेपछि…
Advertisement

चैत २६
काठमाडौं–बालविवाह एवम् दाइजो उन्मूलन राष्ट्रिय अभियानमा सामेल भएकी नायिका श्वेता खड्काले यस्ता खालका कुरितीको अन्त्यका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेकी छिन् ।
यो राष्ट्रिय अभियानको सद्भावना दुतमा नियुक्त भएकी नायिका खड्काले पहिलो पटक राजधानीमा पत्रकार सम्मेलन गरी सबै खाल सञ्चारलाई यो सामाजिक कार्यमा महत्वपूर्ण भूमिका खेल्न भनेकी छिन् ।
देशभरि नै कुप्रथाको रुपमा रहेको बालविवाह र दाइजो प्रथाजस्ता सामाजिक कुप्रथालाई परिवर्तन गर्ने लक्ष्य बोकेर सन् २००५ अक्टोबर ११ जनकपुरबाट सुरु भएको बालविवाह एवम् दाइजो विरुद्धको अभियान हाल राष्ट्रिय रुपमा विस्तार भैसकेको छ ।
बालविवाह सम्बन्धि नयाँ अध्ययन प्रतिवेदन २०१५ (युनिसेफ र बालिका दुलही होइनले धेरै बालविवाह हुने ६ जिल्लामा गरेको अध्ययन) अनुसार बालविवाह हुने अत्याधिक दरको हिसाबले सप्तरी जिल्ला पहिलो नम्बरमा देखिएको छ ।
विभिन्न जिल्लामा देखिएका यस्ता खालका कुप्रथाको अन्त्यका लागि सञ्चारले खेल्ने भूमिकाका बारेमा छलफल गरेको अभियानका सञ्चार व्यवस्थापक सुदिप बरालले जानकारी दिए ।
कार्यक्रममा बालविवाह एवम् दाइजो प्रथाको अन्त्यका लागि राष्ट्रिय अभियानसँग कस्तो खालको सहकार्य गर्दै भूमिका खेल्न सक्छ भन्ने विषयमा छलफल गरिएको थियो ।-Ratopati


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.