-->
‘राजा आउ देश बचाउ’ भन्दै नारायणहिटीमा राजावादी
Advertisement

काठमाडौं, बैशाख ४– राजावादीहरुले राजसंस्थाको विकल्प नरहेको भन्दै त्यसको लागि जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको बताएका छन् । शनिबार नारायणहिटी परिसरमा आयोजित सरसफाई कार्यक्रममा भेला भएका राजावादीहरुले राजाबाटै देशको रक्षा हुन सक्ने भन्दै गणतन्त्र असफल भइसकेको दाबी गरे ।
राजावादी संगठन शाही युवा शक्तिको अगुवाईमा भएको उक्त कार्यक्रममा  सहभागि हुँदै संघीय मामला तथा स्थानीय विकास सहायक मन्त्री विराज विष्टले हरेक जनताको मनमनमा राजसंस्था रहेको भन्दै राजसंस्था बिनाको राज्यको कल्पना गर्न नसकिने बताए ।
राप्रपा नेपालका नेता समेत रहेका उनले राजसंस्था र पार्टीको एजेण्डाको बारेमा बोलेकै आधारमा पार्टीले सहअध्यक्ष केशरबहादुर विष्टलाई निलम्बन र आफूलाई फिर्ता बोलाइनु दुःखद भएको समेत बताए । राप्रपा नेपालले एजेण्डा छाडेपनि आफूहरुले कहिल्यै पनि पार्टीको एजेण्डा नछाड्ने र राजतन्त्र र हिन्दुराष्ट्रको पक्षमा लागिरहने उनको भनाई थियो ।
सो अवसरमा राजावादीहरुले नारायणहिटी परिसरको सरसफाई गरेका थिए भने ‘राजाआउ देश बचाउ ‘भन्दै चर्को नाराबाजीसमेत गरेका थिए । सरसफाई कार्यक्रममा सहायकमन्त्री विष्टसहित राप्रपा नेपालका केन्द्रिय सदस्य दमन बस्नेत, शाही युवासंघका अध्यक्ष पशुपति खड्कालगायतको सहभागिता रहेको थियो ।- Ratopati


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.