-->
लाजिम्पाटमा पैदल यात्रुको ज्यान लिने कार चालक पक्राउ
Advertisement

२०७३ बैशाख २ बिहीवार

काठमाडौँः बुधबार बिहान लाजिम्पाटस्थित सांग्रिला होटल अगाडि पैदल यात्रुलाई ठक्कर दिएर फरार कार चालक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त लैनचौरले कार चालक ३० वर्षीय रोशन मगरलाई बुढानिलकण्ठस्थित ‘होली डे इन रिसोर्ट’ बाट बिहिबार दिउँसो पक्राउ गरेको हो ।

मगरसँगै प्रहरीले उनले चलाएको बा २ च ३८१८ नम्बरको कार समेत नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएपी सोमेन्द्र सिंह राठौरले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।
नयाँ वर्ष अर्थात् बुधबार बिहान मगरले चलाएको टोयटा गाडीले ठक्कर दिँदा ४० वर्षीया राजु खड्काको मृत्यु भएको थियो ।
annapurnapost


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.