-->
कांग्रेसको सम्पत्ति सात करोड, एमालेको २ अर्ब, एमाओवादीको अथाहा
Advertisement

flag of three partyकाठमाण्डु, १८ वैशाख– नेपाली कांग्रेससँग ७ करोड रुपैयाँ बैक व्यालेन्स रहेको जानकारी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले बताए । क्रियाशील सदस्यताको शुल्क र सांसदबाट यो रकम उठेका उनी बताउँछन् । यता नेकपा एमालेसँग २ अर्ब बराबरको अचल सम्पत्ति रहेको छ । चलनचल्तीको मूल्अनुसार एमालेको केन्द्रदेखि अञ्चल, जिल्ला, नगर, क्षेत्र र गाउँ कमिटीसम्मको नाममा १ अर्ब ६३ लाख भन्द बढीको जग्गा र भवन छ ।

एनेकपा माओवादीको भने सम्पत्तिको विवरण अथाहा अर्थात थाहा नभएको अवस्थामा छ । एमाआवादीसँग देशव्यापी चल–अचल सम्पत्ति कति छ भन्ने व्यवस्थित तथ्यांक छैन । केन्द्रीय कार्यालयले त्यस्तो सम्पत्ति विवरण संकलन गर्न पटक पटक प्रयास गरे पनि नसकिएको केन्द्रीय लेखा आयोगका प्रमुख आयुक्त तथा केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले जानकारी दिए । नयाँ पत्रिकाबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.