-->
बुद्ध नेपालमा जन्मिएको सन्देश दिन जापानमा र्याली
Advertisement

टोकियो—आइतवार जापानको राजधानी टोकियोयो अति व्यस्त शहर सिबुया नेपालमय बन्यो। गौतम बुद्ध र बुद्ध जन्मस्थल लुम्बिनीबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको शान्ति पदयात्रामा नेपाली तथा जापानी सहभागी भए।
नेपालको राष्ट्रिय पोशाक तथा विभिन्न नेपाली संस्कृति झल्कनले पोशाक सहित 'बुद्ध नेपालमा जन्मेका हुन्' लेखिएको प्लेकार्ड बोकेका उनीहरुले जापानी भाषामा समेत यो सन्देश सुनाएका थिए।
स्थानीय मियासिता पार्कबाट निकालिएको पदयात्रामा विभिन्न भेषभुसामा सजिएका नेपाली सहित थुप्रै जापानी नागरिकले सहभागिता जनाए।
ढाका टोपी सहित दौरा सुरुवाल तथा नेपाली झण्डा र व्यानर बोकेका पुरुष तथा नेपाली साडी चोलो र फरियामा भेला भएका महिलाहरुलाई देखेर सडक किनारामा बसेका जापानी तथा अन्य विदेशीले ध्यान दिएर अवलोकन गरेका थिए। बाटोमा हिँडिरहेका केही जापानीहरूले त 'नेपारू गा सुकि देस' अर्थात् नेपाल मनपर्छ भन्दै सहभागीहरूलाई हौस्याएर समर्थन गरेका थिए।
बुद्ध नेपालमा जन्मिएका हुन्, लुम्विनी नेपालमा पर्छ तथा नेपाल जापान सम्वन्धको ६० वर्षको अवसरमा मनाइने हिरक वर्ष उत्सव सफल पारौं जस्ता नारा सहभागीले लगाइएको थिए।
'गौतम बुद्ध तथा उनको जन्मस्थल लुम्विनीबारे फैलाइएको भ्रम चपर्न हामीले कार्यक्रम आयोजना गरेका हौं',आयोजक मध्येको एक संस्था वी फर अलका अध्यक्ष सरोज कुमार खत्रीले भने सहभागी सबै नेपालीहरूको सहयोगले कार्यक्रम सफल भयो।'
कार्यक्रमलाई वी फर अल जापान र नेपाल जापान युथ क्लवले संयुक्त रूपमा आयोजना गरेको हो।- Nagarik News


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.