-->
परीक्षा सकेर नुहाउन गएका दाजुभाइलाई तामाकोसी नदीले बगायो, परिवारमा विचल्ली
Advertisement

१९ चैत, रामेछाप । वार्षिक परीक्षा सकेर नुहाउन गएका दाजुभाइलाई तामाकोसी
नदीले बगाउँदा परिवारमा विचल्ली आएको छ।
रामेछापको खिम्ति गाविसस्थित तामाकोसी नदीले बगाउँदा एकै परिवारका दुई बालकको मृत्यु भएको छ । रामेछापको खिम्ति गाविस १ को माख्लो बजार नजिकैको तामाकोसी नदीमा उनीहरु नुहाउन गएका थिए ।
नुहाउन गएका १६ वर्षका मिनबहादुर कार्की र उनका भाइ १४ वर्षका कमलको नदीले बगाएर मृत्यु भएको हो ।
नुहाउने क्रममा चिप्लिएर भाइ कमल नदीमा परेका थिए ।
उनलाई बचाउन गएका दाजुलाई समेत तामाकोशि नदीले बगाएको छ । नदीले बगाएका मध्ये एकको शव घटनास्थलभन्दा करिव ५० मिटर तल फेला परेको छ भने अर्काको शव नुहाउन गएकै ठाउँमा नदीले बनाएको दहमा फेला परेको शिक्षक दाहालले जानकारी दिए ।
स्थानीय शिक्षक गणेश दाहालका अनुसार खिम्तिको तामाकोसी जनजागृति उमाविमा कक्षा ९ मा अध्ययनरत दाजुभाइ वार्षिक परीक्षा सकेर नुहाउन नदीमा गएका थिए । दिउँसो २ः३० बजे परीक्षा सकेका उनीहरु ३ः३० बजेतिर नुहाउन नदीमा गएका थिए ।
- DCnepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.